प्राथमिक उपचार तालिम उदघाटन तथा बधाई कार्यक्रम
बाबुकाजी श्रेष्ठ
मध्यपुर थिमि- मध्यपुर थिमि नगरपालिकाकाे साझेदारी कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस साेसाइटी मध्यपुर थिमि उपशाखाले प्राथमिक उचार तालिमकाे प्रमुख अतिथि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा दीप प्रज्वलन गरि उदघाटन गर्नुभयाे ।
उपशाखाका सभापति बाबुकाजी श्रेष्ठकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा गत फागुन ७ गते नव निर्वाचित नेरेसाे जिल्ला शाखा भक्तपुरका सभापतिलगायत पदाधिकारी एवं सदस्यहरूलाई नेवाः परम्परा अनुृसार सगुन दिई प्रमाणपत्र व्दारा सम्मान गरि बधाई दिएकाे थियाे ।


विशेष अतिथि नगरउपप्रमुख वियजकृष्ण श्रेष्ठ, नेरेसाे केन्द्रीय उपमहामन्त्री मनाेजकुमार थापा, बालप्रेमी माविका प्रधानाध्यापक चरणकेशरी श्रेष्ठ, मथिनपा स्वास्थ्य शाखाका प्रमुख श्रीकृष्ण प्रजापतिलगायत विभिन्न व्यक्तित्वहरू अतिथि रहेकाे कार्यक्रममा उपशाखाका उपसभापति सविना श्रेष्ठले स्वागत गर्नु भएकाे थियाे ।
प्राथमिक उपचार तालिममा मथिनपा ४,५ र ६ वडाबाट ३/३ जना, विद्यालयहरूवाट ८ जना उपसमितिहरूबाट ७ जना गरि जम्मा २४ जनाले तालिम लिएका थिए ।
उपशाखाका सचिव जीवन श्रेष्ठले संचालन गरेकाे कार्यक्रममा नेरेसाे भक्तपुरका सभापति परशुराम पाण्डे, केन्द्रीय उपमहामन्त्री मनाेजकुमार थापाले तालिमकाे बारेमा प्रकाश पार्न भएकाे थियाे ।


















