“विलियन्त भक्तपुर फोटो प्रदर्शनी” फाल्गुण १८ र १९ गते हुने
भक्तपुर, फाल्गुण १२गते
भक्तपुरको पर्यटन प्रर्वधन गर्न दुईदिने फोटो प्रदर्शनी हुने भएको छ । भक्तपुर जिल्लाकै पहिलो व्यवसायिक फोटोग्राफरको रुपमा परिचित स्व.बन्द्रीप्रसाद बनेपालीका छोरा केदार बनेपाली, नाति किसन बनेपाली, नातिनी सुनि बनेपालीको संयुक्त फोटो प्रदर्शनी आयोजना हुने भएका हुन । विगत ८० वर्षका विभिन्न आयामहरुलाई तीन पुस्ताको थ्रि डायनामिक फोटो पत्रकारितालाई एउटै स्थलमा पस्कने तयारी गर्दै “विलियन्त भक्तपुर फोटो प्रदर्शनी” गर्ने घोषणा भएको हो ।
आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा सो फोटो प्रदर्शनी बारे जानकारी दिदै वरिष्ठ फोटोग्राफर केदार बनेपालीले १४ वर्षको उमेरमा भारत गएर फोटोग्राफि सिकेर व्यवसायिक फोटोग्राफर बनेका आफ्नो बुबा बद्री बनेपालीको सिपलाई ४ पुस्ताले पछ्याउदै आए पनि अहिले तीन पुस्ताका फोटोहरुलाई प्रदर्शनीमा राख्ने भएको बताउँदै उहाँले अब केही समय पछी ४ पुस्ताकै फोटो प्रदर्शनी गर्ने पनि बताउनु भयो ।


बुवाले खिचेका पानी फोटोग्राफि, बाकस फोटोग्राफि, त्यसै गरी रिलको फोटोग्राफिलाई पछ्याउँदै अहिलेको डिजिटल फोटोग्राफिसम्मका प्रविधिहरुलाई पनि एउटै स्थानमा प्रस्कने गरी विलियन्त भक्तपुर फोटो प्रदर्शनी हुने उहाँले बताए ।
फोटो मार्फत ८० वर्षको इतिहासलाई एउटै स्थानमा पस्कन हजारौ फोटोहरु रहे पनि सो प्रदर्शनीमा केदार बनेपालीले ६८ औं वसन्त पार गरेको सन्दर्भसँगै ६८ वटा मात्रै फोटोहरु प्रदर्शित हुने पनि सो अवसरमा बताउनु भयो । बुवाले खिचेका बोरा भरि रहेका रिलहरु यसरी काम लाग्छ भन्ने त्यतिबेला थाहा थिएन, विदेशीलाई दिएर पठाए उहाँले बताए, अहिले पो महत्व बुझे, तर पहिलाको रिलहरु हामीसँग छैन यद्यपी बाँकी फोटोहरु मध्ये पनि सिमित फोटोहरु प्रदर्शनीमा रहने छ बनेपालीले बताए ।
यही फाल्गुण १८ र १९ गते गरी दुई दिनसम्म भक्तपुरको दरवार क्षेत्रको लामो पाटीमा हुने सो प्रदर्शनीको वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले उद्घाटन गर्ने भएको हो ।
फाटो प्रदर्शनीलाई भक्तपुर पर्यटन विकास समिति सहित विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेको छ । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिपेशराज, पूर्व अध्यक्ष रामसुन्दर भेलेले सहजिकरण गर्दै विलियन्त भक्तपुर फोटो प्रदर्शनीले भक्तपुरका पर्यटन प्रवर्धनकालागि सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा प्रस्तुत प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
व्रिलियन्त भक्तपुर फोटो प्रदर्शनी
२०८० फागुन १८ र १९ गते, भक्तपुर दरबार क्षेत्र
भक्तपुर पर्यटन विकास समितिले भक्तपुरका पायोनियर फोटोग्राफर स्व। बद्री प्रसाद बनेपाली, उहाँका छोरा केदार र नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न काल खण्डमा खिचेका भक्तपुर, काठमाण्डौ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा संगसगै यहाँको रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने फोटोहरुको प्रदर्शनी आयोजना गर्ने जमर्को गरेको छ ।
वनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक–फरक काल खण्डको भक्तपुरको फोटोहरुले यहाँको परिवर्तित जिवनशैलीमात्र झल्काउँदैन यहाँका सम्पदाहरुमा आएको परिवर्तन पनि छर्लङ बनाउँछन् । यसले भक्तपुरको साँस्कृतिक वैभव तथा आर्थिक एवं सामाजिक क्षेत्रमा आएको सकारात्मक परिवर्तन समेत उजागर गर्ने हामीले विश्वास लिएका छौं ।
प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६ दर्जन तस्वीर राखिनेछ । एउटै परिवारको तीन पुस्ताले खिचेका तस्वीरहरुको प्रदर्शनी सम्भवत: भक्तपुरको मात्र होइन, नेपालकै पहिलो हुनुपर्छ । प्रदर्शनीमा तीन पुस्ताले फरक–फरक समयमा एउटै कोणबाट खिचेको एउटै सम्पदाका तस्वीरहरु पनि हेर्न सकिनेछ । यसले भक्तपुरको सम्पदाको परिवर्तित स्वरुपबारे नयाँ पुस्तालाई जानकारी मिल्नेछ । प्रदर्शनीमा राखिएका सम्पदाको तस्वीरहरुमध्य केही अहिले अस्तित्वमा समेत छैन्न। जुन तस्वीरले आगामी दिनमा ती सम्पदाहरुको मौलिक स्वरुपमा पुननिर्माण गर्न सघाउन टेवा दिने हामीले बिश्वास लिएका छौं ।
भक्तपुर पर्यटन विकास समिति
द्यत्म्ऋ सन् १९९७ मा स्थापना भएको गैरसरकारी संस्था हो । भक्तपुरका पर्यटन ब्यवसायीहरुको सक्रियतामा स्थापना भएको यस संस्थाले स्थानीय समुदायको सहभागितामा भक्तपुरको समग्र विकासको लागि दिगो पर्यटनका विभिन्न गतिविधि गदै आएको छ । द्यत्म्ऋ दिगो र स्वस्थ पर्यटन विकासले मात्र साँस्कृतिक शहर भक्तपुरको समग्र विकास गर्न सकिन्छ भन्ने कुरामा प्रतिबद्व रहदै आएको छ ।
स्व। बद्री प्रसाद बनेपाली
वि।सं। १९७२ सालमा जन्मनु भएका बद्री प्रसाद बनेपाली भक्तपुरकै सम्भवत पहिलो ब्यवसायिक फोटोग्राफर हुनुहुन्छ । १४ बर्षको उमेरमै भारत गएर फोटोग्राफी तालिम लिएर फर्के पछि केही बर्ष सम्म घर घरमा गई फोटो खिच्नु भयो । उहाँले वि।सं। २०१० मा आफ्नै घरमा दत्तात्री स्टुडियो सञ्चालन गरेर भक्तपुरमा ब्यावसायिक फोटोग्राफी सुरु गर्नुभएको थियो । प्रदर्शनीमा बद्री प्रसाद बनेपालीले ८० बर्ष अधि खिच्नु भएको तस्वीरहरु रहने छन् ।
केदार प्रसाद बनेपाली
बुबा बद्री प्रसादको प्रेरणामा १२ बर्षमै केदार प्रसाद बनेपालीले फोटोग्राफी सुरु गर्नुभएको थियो । बुबाको फोटो स्टुडियोमा फोटो खिच्ने, धुलाउने काम गर्नु भएको केदार २०४३ सालमा नेपाल टेलिभिजनको लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता हुनुभयो । २०६६ सालमा टेलिभिजन रिपोर्टिङ्ग छोडेर आफनै दत्तात्री स्टुडियोमा आवद्घ हुदै आउनु भएको छ । प्रदर्शनीमा करिव ५० बर्ष अधि केदार बनेपालीले खिचेका तस्वीरहरु राखिनेछन् ।
सुनी बनेपाली
बुबा केदारसँग फोटोग्राफी सिक्नु भएकी सुनी संभवत: भक्तपुरकै पहिलो महिला फोटो पत्रकार हुन् । उहाँले केही समय नेपाल टेलिभिजनको भक्तपुर संवाददाता भई काम गर्नुका साथै भक्तपुरको मजदुर दैनिक र काठमाण्डौको नेपाल समाचार पत्रमा फोटो पत्रकारको रुपमा काम गर्नुभएको थियो । उहाँले करिब ३० बर्ष अधि खिच्नु भएको फोटोहरु प्रदर्शनीमा रहनेछन् ।
किसन बनेपाली
बुबा केदार र दिदी सुनीको सँगत र प्रेरणाले गर्दा किसनले पनि १२ बर्षको उमेरमै फोटोग्राफी सुरु गर्नु भयो । बुबाले नभ्याएको बेला नेपाल टेलिभिजनको लागि भिडियो रिपोर्ट खिच्ने गर्नुभएका किसन च्यानल नेपालका लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता भएर समेत काम गर्नु भयो । उहाँ हाल हजुर बुबा बद्री प्रसाद र बुबा केदार प्रसादले निरन्तर सञ्चालन गर्दै आएको दत्तात्री स्टुडियोको ब्यवस्थापन हेर्दै आउनुभएको छ । उहाँले २०–३० वर्ष अघि खिच्नु भएका तस्वीरहरु प्रदर्शनीमा राखिनेछन्।
भक्तपुर दरबार क्षेत्र स्थित तहा सत्तलमा हुने प्रदर्शनीमा राखिएका तस्वीरहरु अवलोकन सँगै बिक्रीको लागि पनि उपलब्ध हुनेछन् ।
विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रमा हुने प्रदर्शनीको उद्घाटन भक्तपुरका बरिष्ठ राजनीतिज्ञ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नुहुने छ । २ दिने प्रदर्शनी विहान १० देखी बेलुका ५ बजेसम्म खुल्ला रहनेछ ।
मिति : २०८० फागुन १२ गते
दीपेश राज शर्मा
अध्यक्ष
भक्तपुर पर्यटन विकास समिति














