तेल किन गएका ढकाल बस्नेतको घरमा मृत्त फेला
भक्तपुर, फाल्गुण ११ गते
महानगरीय प्रहरी परिसर भक्तपुरले सिपाडोलमा अस्ति देखि हराएका गोपाल प्रसाद ढकालको लास फेला पारेको छ । बुधबार राति १० बजे कोठाबाट टेल किन्न बाहिर निस्केका ढकाल घर नफर्केपछि बिहिबार जगाति प्रहरी परिसरमा निवेदन परेपछि प्रहरीको खोजतलासकोक्रममा शुक्रबार विहान सूर्यविनायक नगरपालिका वडा नं ८ कार्यालय नजिकै रहेको रोशन बस्नेतको घरमा परालले छोपेको रक्ताम्य र मृत्त अवस्थामा ढकालको सब फेला पारेको हो । बस्नेतको दुई तल्ले कच्ची ईट्टाको माटोले बनेको गोठको भुँई टल्लामा रक्ताम्मे परालले छोपेको सवलाई अनुसन्धान गरी महानगरीय प्रहरी परिसर भक्तपुरले हराएका गोपाल प्रसाद ढकाल भएको पुष्टि गरेका छन् । मृतक ढकालको शरीरका विभिन्न भागमा चोट पटक देखिएको भन्दै अनुसन्धान सहितको प्रहरी टोलीले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नेपाल प्रहरी केनाईन कार्यालय महाराजगञ्ज, काठमाण्डौंका कुकुर सहितको प्रहरी टोली परिचालन गरेर थप अनुसन्धान गरेको गरेको प्रहरी सूचना अधिकारी बसन्त पाठकले जनाएको छ ।














