भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा

भक्तपु्र प्रहरीद्वारा ४४ फरार र १६ प्रतिवादी नियन्त्रणमा
भक्तपुर, जेष्ठ १५ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले फैसला कार्यान्वयन तर्फका ४४ जना फरार पक्राउ गरेको प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक प्रकाश जवेगुले जनाएको छ। जिल्ला प्हरी परिसर भक्तपुर तथा मातहतका कार्यालयबाट जेष्ठ १ गते देखि १५ गतेसम्मको फैसला कार्यान्वयनमा ४४ जना फरार नियन्त्रणमा आएको उहाँले जनाएको छ। यसरी प्रहरीको नियन्त्रणमा आएका फरारहरुमा अभद्र व्यवहारमा ४, सार्वजनिक शान्ति विरुद्धको कसुरमा ४, चेक अनादरमा १८, बैंकिङ कसुरमा १३, लेनदेन, चोरी सवारी ज्यानमा १।१ जना र लागू औषधमा २ जना गरी ४४ जना रहेका छन् । तिनीहरुबाट ५ वर्ष २७ दिन कैद तथा ८४ लाख, ४५ हजार ८२५ रुपियाँ जरिवाना समेत गरिएको उहाँले जनाएको छ। प्रहरीले सुक्ष्मरुपमा सूचना संकलन, खोजी तथा अनुसन्धान गरी तिनीहरुलाई नियन्त्रण्मा लिई जिल्ला अदालत भक्तपुरमा बुझाएको सूचना अधिकारी जवेगुले जनाएको छ ।


यसै वीच प्रहरीले १६ जना फरार प्रतिवादीहरु प्नि पक्राउ गरेको छ । अपराध नियन्त्रण तथा अनपराध अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी परिसर र मातहतका कार्यालयबाट यसै जेष्ठ १ गतेदेखि १५ गतेसम्ममा तिनिीहरुलाई पक्राउ गरिएको जनाएको छ। यसरी पक्राउ पर्नेमा ठगीका ७, चोरी १, बैकि«ङ कसुर ६, सवारी अंगभंग र जबरजस्ती करणीका १।१ जना गरी १६ जना रहेको सूचना अधिकारी जवेगुले आज विज्ञप्ति मार्फत जानकारी दिएका हुन ।