उत्पादन वृद्धिकालागि नि:शुल्क माटो परिक्षण
भक्तपुर, मंसिर ७ गते
भक्तपुर नगरपालिका वडा नं.१०का कृषकहरुकालागि नि:शुल्क माटो परिक्षण शिवि सम्पन्न गरेको छ । नगर कृषि शाखाको आयोजनामा वडाका कृषकहरुको माटो परीक्षण शिविर आयोजना गरेको वडाध्यक्ष लक्ष्मीप्रसादा ह्यांैमिखाले जनाएको छ । नगरका प्रत्येक वडा वडामा शिविर आयोजना गरी माटो परिक्षण गरेर आवश्यक उपचारको परामर्शका लागि सो शिविर आयोजना गरेको कृषिविज्ञ रवि ख्याजूले जनाए । उनका अनुसार भक्तपुर नगरका हरेक कृषकहरुले आफ्नो बालीको माटो परिक्षण गराउन चाहेमा सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न सकिने छ । प्रत्येक बालि लगाउनु अगाडी नै माटो परिक्षण गरी बालीकालागि आवश्यक पोषन समायोजन गर्न माटो परिक्षण गराउन आवश्यक रहेको उहाँले बताए । सो अवसरमा ३ दर्जन कृषकहरुले आआफ्नो खेतको माटो ल्याएर परीक्षण गराएका थिए । रासायनिक मलको बढ्दो प्रयोगले माटोमा अमलियपन बढेको कृषिविज्ञ ख्याजूको भनाई छ । भक्तपुर नगरमा रहेका सिमित खेती योग्य जमिनबाट पनि बढी भन्दा बढी उत्पादन वृद्धि गराउन तथा छिमेकी नगरभित्र खेतीपाति गर्दै आएका नगरवासीहरुको कृषि उत्पादन वृद्धि गर्न टोल टोलमा माटो परीक्षण गर्दै आएको आयोजकहरुको भनाई छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













