भक्तपुर, असोज १९ गते
भक्तपुर जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी रोशनीकुमार श्रेष्ठ र प्रहरी उपरीक्षक बेद विष्टलाई भक्तपुर उद्योग वाणिज्य संघले आज स्वागत गर्दै उद्यमीका समस्या र गुनासाहरु पोखेका छन् साथै आउँदै गरेको विजया दशमी तथा तिहार पर्वको शुभकामना पनि आदान प्रदान गरेको छ ।


संघको कार्यकक्षमा आयोजित सो कार्यक्रमसँगै राती भोज आयोजना गरेको थियो । सो कार्यक्रममा प्रजिअ श्रेष्ठले जिल्ला प्रशासन र प्रहरी भन्नेकै जिल्लाबासीको शान्ति सुरक्षाकालागि भएको चर्चा गर्दै भक्तपुर जिल्लामा शान्ति सुरक्षा कायम गर्न उद्यमी व्यवसायीको सहयोग प्रभावकारी रहेको बताउनु भयो । संघका अध्यक्ष शिव मानन्धरको सभापतित्वमा आयोजित सो कार्यक्रममा एसपी विष्टले पनि शान्ति सुरक्षाकालागि उद्यमीहरुसँग हातेमालो हुने बताउनु भयो । कार्यक्रममा संघका नविन प्रजापतिले स्वागत कार्यक्रमको उदेश्यका बारे प्रकाश पार्दै उद्यमीका साझा समस्याहरु बारे प्रजिअ र एसीलाई अवगत गराउनु भयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष केपी ताम्राकार, संघका वरिष्ठ उापध्यक्ष रोशनीमैया धौभन्जा, महासचिव दिनेश गोसाईले पनि बोल्नु भएको थियो । सो अवसरमा उद्यमी आचार संहिता सम्बन्धि थप १० हजार बुलेटिन संघको तर्फबाट प्रजिअ श्रेष्ठलाई हस्तान्तरण गरेको थियो ।













