अक्सफोर्डमा कक्षा ११का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

अक्सफोर्डमा कक्षा ११का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत
भक्तपुर, भाद्र २२ गते
अक्सफोर्ड प्लाक्टिकल स्कूल भक्तपुरले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै उत्कृष्ठ विद्यार्थीहरुलाई आजै छात्रवृत्रि वितरण गरेको छ । विद्यालयका संस्थापक श्रीराम दुवालको प्रमुख आतिथ्यतामा आयोजित सो वेल कम कार्यक्रममा नवआगन्तुक विद्यार्थी तथा कक्षा १२ का विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो भने विद्यालयका संस्थापक अध्यक्ष दुवालले मानिसले आफ्नो सपना र कल्पना सजिलै देख्न सक्ने भएपनि त्यसलाई कार्यान्वयन गर्न धेरै चुनौती खेप्नुपर्ने भएको चर्चा गर्दै आफ्नो सपना पूरा गर्न व्यवहारिक र गुणस्तरीय शिक्षा आवश्यक भएकोमा जोड दिनु भयो । ब्यवहारिक र गुणस्तरीय शिक्षाका लागि प्रयोगात्मक शिक्षाको आवश्यकतालाई मध्येनजर गर्दै आक्सफोर्ड स्कूलले विद्यालय शिक्षा देखि नै विद्यार्थीको भविष्य सुनिश्चितताकालागि गुणस्तरी शिक्षालाई ध्यान दिदै आएको बताए । विद्यालयका प्राचार्य रवि दुवालको सभापतित्वमा भएको सो कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपलहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।