बाल सुधार गृहको स्थलगत निरिक्षण

बाल सुधार गृहको स्थलगत निरिक्षण
भक्तपुर, भाद्र २२ गते
मध्यपुर थिमीको सानो थिमीस्थित बाल सुधार गृहको स्नोतिका सवालहरुमा भक्तपुरका जनप्रतिनिधीहरुले आज छलफल तथा स्थलगत निरिक्षण गरेको छ । गत भाद्र ३ गते सो सुधार गृहमा रहेका एक बालकको मृत्यु प्रकरणसँगै बालबालिकाहरुमा विद्रोहको भावना कसरी सृजना भयो ? भन्ने सवालहरुमा उठेका विषयहरुमा जनप्रतिनिधी, पत्रकार र युसेप नेपालका प्रतिनिधीहरु बीच छलफल भएको थियो । देशभर ११ सय बालबालिकाहरु सुधार गृहहरुमा रहेका मध्ये ८ सय जना युसेप नेपालको व्यवस्थापनमा भक्तपुर, पोखरा, नेपालगञ्ज र विरातनगरका सुधार गृहहरुमा संरक्षित रहेका छन् । त्यस मध्ये ३ सय जना बालबालिकाहरु रहेको भक्तपुरको सुधार गृहका बालिकाहरुको अवस्था र तिनीहरुको खानपिन, बसाई, शिक्षा र स्वास्थ्य अवस्था एवं शिप विकास बारे स्थलगत रुपमा निरिक्षण समेत भएको थियो ।
भाद्र ३ गतेको घटनाले उजागर भएका बाल संरक्षण गृहका गुनासा र बेठितिहरुको स्थलगत रुपमै निरिक्षण गरी बास्तविक समस्याको पहिचान र त्यसको निवारणकालागि सहभागि जनप्रतिनिधीहरुले आआफ्नो क्षेत्रमा भूमिका खेल्ने गरी शुक्रबार छलफल र निरिक्षण गरेको थियो ।


सरकारले दिएको श्रोत र सामथ्र्यले सुधार गृहमा रहेका बालबालिकाहरुलाई खाने, वस्ने र विद्यालयतहसम्म शिक्षा र शिप दिने उदेश्य अनुसार युसेप नेपालले व्यवस्थापन गर्दै आएको संस्थाका प्रवन्धक केशव सुवालले बताए । युसेप नेपालले सरकारले दिएको श्रोतको व्यवस्थापन गर्दै बाल संरक्षण गृहका बालबालिकाहरुकै नेतृत्वमा खानपिन र सुधार गृह सञ्चालन प्रर्वधन गर्दै आएको उहाँले स्थलगत निरिक्षणकाक्रममा बताए । बाल संरक्षण गृहको क्षमता भन्दा बढी बालबालिकाहरु संरक्षण गर्नुपर्दा विभिन्न समस्या सामना गर्नुपरेको चर्चा गर्दै उहाँले सय जना बालबालिका राख्ने क्षमता भएको बालसंरक्षण गृहका ३ सय जना सम्म व्यवस्थापन गर्दै आएको बताए । उहाँले बाल संरक्षण गृहमा सुधारको आवश्यकता मनन गर्दै नियमित सेवालाई निरन्तरता दिदै आएको बताए । वाल संरक्षण गृहमा नसिंग सेवाको आवश्यकतामा जोड दिदै मावि शिक्षा संरक्षण गृह भित्रै दिने तयारी भएको पनि बताए । सो छलफल र निरिक्षणमा भक्तपुरका स्थानीय तह, प्रदेश र संघिय सांसदहरु र जनप्रतिनिधीहरुको सहभागिता थियो ।

(1) भाद्र ३ को घटनामाभक्तपुरका जनप्रतिनिधी र पत्रकार तथा युसेप नेपालको अन्तरक्रिया एवं स्थलगत निरिक्षण – YouTube