
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दश दिनका लागि मिश्रित लकडाउन थप्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमणका कारण यहाँका अस्पतालमा बिरामी भर्ना दर बढेकाले लकडाउनको समय थप गरिएको हो । यसअघि दश दिन थप गरिएको मिश्रित लकडाउन आज राती १२ बजेसम्म रहेकामा जोखिम मुल्याङ्कन बमोजिम जिल्ला पहेंलो जोनमा परेको कारण आजदेखि आगामी असोज ५ गते राती १२ बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।
उक्त आदेश अनुसार तोकिएको समयसम्म सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, रेष्टुरेन्ट, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, शैलुन, ब्युटिपार्लर र जिमखाना सञ्चालन गर्न नपाइने भएको छ । यस्तै हाट, मेला, जात्रा, महोत्सव पाटी र भोज जस्ता भीडभाड हुने कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । तोकिएका तरकारी बजार बाहेक अन्य सार्वजनिकस्थल र बाटोमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न नपाइने प्रशासनले जनाएको छ । प्रशासनले गोष्ठी, सेमिनार, समीक्षा जस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट सञ्चालन गर्न र भौतिक रुपमा उक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने भएमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै बढीमा २५ जना मात्र उपस्थित हुने गरी गर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले शैक्षिक सङ्घ÷संस्था सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा स्थानीय पालिकाको निर्णय अनुसार विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घ समेतको समन्वय र सहकार्यमा निर्धारित स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ ।
सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्दा कूल सिट क्षमताभन्दा बढी सङ्ख्यामा यात्रु नराख्ने र चालक, सहचालक तथा यात्रुले निर्धारित स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने जनाएको छ । सो समयावधिमा विकास निर्माणका ढुवानी गर्ने सवारीसाधन जिल्लाभित्र खपत हुने सामग्रीकोे हकमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म र जिल्ला बाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने जनाएको छ । जिल्लाभित्रका सम्पूर्ण पसल बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै खोल्न पाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । –––
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













