शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ आंँै सफल कलेजो प्रत्यारोपण
प्रेश विज्ञप्ती
दुधपाटी भक्तपुर, मिति ः २०८०।०२।१८
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औं कलेजो सफलताका साथ प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गर्नु भएको थियो भने भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलबाट आएका टोलीले कलेजो प्रत्यारोपाणमा सहयोग गरेका थिए ।
कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था सामान्य रहेको प्रत्यारोपण सर्जन डा. पुकार चन्द्र श्रेष्ठले बताउनु भयो । दाङ्ग जिलाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकी श्रीमती ३७ वर्षीय आशा सुनारले आधा कलेजो दान गरेकी थिइन । कलेजो ग्रहण कर्ता र कलेजो दाता दुबै जनाले केन्द्रको सेवा बाट आफू अत्यन्त खुशी भएको र कलेजो दाताले आफूले पूर्ण स्वस्थ्य लाभ गरे पछि सम्पूर्ण अंगहरु मृत्यू पश्चात दान दिन इच्छा व्यक्त गर्नु भएको छ ।
कलेजो ग्रहणकर्ता बाबुराम विश्वकर्मा
कलेजो प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा. ललित कुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर ाजचल संलग्न थिए । त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशीले गरेका थिए भने पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्कीलगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएको थियो त्यसैगरी प्रत्यारोपण कार्यको संयोजन कोर्डिनेरहरु डा स्वस्तिक प्रधानाङ्ग, तारा साँध, अर्चना बगाले, सरु कोजु र सनिषा कार्कीले गर्नु भएको थियो ।
मुलुकमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरीसकेको छ । हाल सम्म ८ जनामा जीवित दाताबाट र ३ जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा जम्मा रु १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको यस केन्द्रले स्थापनाको छोटो अवधिमा अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलव्धी हाँसील गरेको छ । अंग दान तथा प्रत्यारोपण कानून परिमार्जन तथा संसारको धेरै प्रत्यारोपण गर्ने मध्ये एकको स्थान लिँदै ९९ प्रतिसत भन्दा वढी सफलताका साथ मृगौला प्रत्यारोपण भई रहेको छ भने हालसम्म यस केन्द्रमा १० वर्षको अवधिमा १०६६ जनाको मृगौला प्रत्यारोपण समेत गरी सकेको छ ।
कलेजो दाता आशा सुनार
देशमै पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार तथा देश भरी डायलाइसिस विस्तार गर्न सघाउनका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ । गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा र कर्णाली प्रदेश अन्र्तगतको सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भै रहेको छ ।
केन्द्रको आफ्नो छुट्ट्ै भवन नहुँदा अंग फेल भएका धेरै विरामीहरुलाई प्रत्यारोपण सेवाको पहुँच दिन नसकिएको हुँदा नेपाल सरकारले आ.व. २०८०÷८१ को बजेट बक्तब्यमा केन्दको क्षमता विस्तार गर्नका साथै मृर्गौला प्रत्यारोपण सेवा सबै संघीय अस्पतालबाट व्यवस्था गर्ने घोषणा गरेको हुँदा केन्द्रले आगामी वर्ष आफ्नो सेवामा व्यापक बृद्धि गर्ने आशा राखेको छ ।












