सुर्तीजन्य पदार्थको सेवनले ४८ प्रतिशत क्यान्सर
भक्तपुर, जेष्ठ १७ गते
प्राणघाटक क्यान्सर रोग लाग्ने ४८ प्रतिशत एउटै कारण धुम्रपान सहित सुर्तीजन्य पदार्थको सेवन रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जनाएको छ । मिजारका अनुसार ५२ प्रतिशत अन्य विभिन्न कारण रहेपनि ४८ प्रतिशत क्यान्सर सूर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ । विश्वभर एक वर्षमा ८ लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको र त्यो भन्दा बढी १२ लाख मानिसहरु धुम्रपान नसिक रहेका रहेका कारण मृत्यु भइरहेको तथ्य पनि विश्व स्वास्थ्य संगठनको रहेको उहाँले बताए ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा भक्तपुरका पत्रकारहरुलाई अभिमुखिकरण गर्दै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले विश्वका १२४ राष्ट्रहरुले सुर्तीजन्य पदार्थको उत्पादनलाई जोड दिइरहेको पाइएकाले यूएनले यसवर्षको विश्व सूर्तीजन्य पदार्थरहित दिवसको अवसरमा “हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन ।” नारा तय गरेको बताए ।
सरकारले धुम्रपान रोकथामका लागि नीतिगत र व्यवहारिक सुधारहरु गरेको देखिए पनि पूर्णरुपमा धुम्रपान मुक्त नभइरहेको बेला युवाहरु हुका तान्ने लतमा फसेको झन गम्भिर विषय भएको चर्चा गर्दै उहाँले सार्वजनिक स्थलहरुमा धुम्रपान गर्ने र जथाभावि सुर्तीजन्य पदार्थ बेच्न रोक्नुपर्नेमा जोड दिए । सार्वजनिक स्थलहरुमा धुम्रपान गर्दा धुम्रपान गर्ने व्यक्ति र संगै रहेको मानिसहरु मात्र होइन तिनीहरुले छोडेर हिडेपछि आउने मानिसहरुको स्वास्थ्यमा समेत असर पारेको अध्ययनले पुष्टि गरेकाले सार्वजनिक क्षेत्रमा धुम्रपान रोकथाम पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
प्त्रकार महासंघ भक्तपुरक अध्यक्ष जगत प्रजापति, खोप अधिकृत शान्तिराम खतिवडाले पनि बोल्नु भएको सो कार्यक्रममा सहभागि पत्रकारहरुले सूर्तीजन्य पदार्थ वेचविखनमा कडाई गर्नुपर्नेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।













