सहकारी संस्था सदस्यहरुको जिवनसंग जोड्नु पर्दछ ।
मिति २०८० जेठ १७ गते, श्रीबाराही बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको आयोजनामा एक्सेस कार्यक्रम वागमति पहिलो समुहको २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि होटेल सिटी गाउँमा सम्पन्न भयो ।
नमकिपाका केद्रिय सदस्य एवं बागमति प्रदेश सभाका सभासद सुरेन्द्र राज गोसाईज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यशालामा विशेष अतिथि नेफ्स्कूनका संचालक मन्दरा मिश्र, अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजु, अतिथि एक्सेस कार्यक्रमका सहजकर्ता प्रेमनाथ वाग्ले, अतिथि नेफ्स्कूनका अधिकृत सोविता मैनाली, सहभागि अतिथि सहकारी संस्था विन्धवासिनी साकोस बनेपा काभ्रे, चण्डेश्वरी साकोस बनेपा काभ्रे, एकिकृत फेण्डसिप साकोस जिरी दोलखा, जनसचेतन साकोस मैनापोखरी दोलखा, मन्थली साकोस रामेछाप, सामुदायिक साकोस पनौती काभ्रे, सिद्धिगणेश साकोस भक्तपुर, शिक्षक कल्याण साकोस चरिकोट दोलखा र श्री बाराही साकोसका पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।

अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले एक आपसमा आफ्ना असल अभ्यास सातासात गर्ने यो थलो धेरै राम्रो शिकाइ विधिको रुपमा व्यक्त गर्नु भएको थियो ।
मन्तव्यको क्रममा ऋण संघको कार्य, बचत तथा ऋणको कार्य र विभिन्न प्रकृतिका सहकारी संस्थाको कार्य फरक फरक हुनु पर्नेमा एकै थरिका कार्य बचत तथा ऋण मात्र गरिरहेका वारे चर्चा गर्नु भयो । जस्ले गर्दा राज्य पक्षले सहकारीलाई हर्ने तरिका फरक भएको ब्यक्ति गर्नु भयो ।

हाल भइ रहेको सहकारी बचाउ अभियानवारे व्यक्त गर्दै सहकारी अभियानका व्यक्तिले कानुन संम्वत भए समर्थन गर्नुपर्ने र कानुनी विपरित भए बचाउ अभियानको विरोध गर्नु पर्ने भनि राम्रो लाई राम्रो र गलतलाई गलत भन्न सक्नु पर्छ भन्ने व्यक्त गर्नु भयो । सिटि जलुस र कुलिङ पिरेडको समेत विरोध गरेको जानकारी गराउनु भयो । सदस्यको बचत दुरुप्रयोग गर्ने सहकारी कर्मीहरुको पछाडी संघ, महासंघ लाग्नु हुन्दैन त्यसैले यस्तो कुरावारे विरोध गरेको समेत जानकारी गराउनु भयो । सुशासनमा बसेका सहकारी संस्थाले विरोध नगरे हामी र अन्यमा कुनै फरक नहुने समेत व्यक्त गर्नु भयो । साथ साथै हालसालै प्रस्तुत बजेतवाट सहकारीलाई कर बृद्धि गरेकोवारे समेत चर्चा गर्नु भयो ।
प्रमुख अतिथि नेमकिपा केद्रिय सदस्य एवं बागमति प्रदेश सभाका सभासद सुरेन्द्र राज गोसाईज्यूले नेमकिपालाई राजनितिक बिचार, सिद्धान्तका साथ साथै सहकारी, स्वास्थ्य, शिक्षा र कृषीको बढि चिन्ता गर्ने पाटीको रुपमा अरु पार्टीले चिनिने कुरा व्यक्त गर्नु भयो ।
यस पालिको नीति तथा कार्यक्रम र बजेतमा सहकारीको बारेमा १२ बुद्धे सुझाव पेश गरेको समेत व्यक्त गर्नु भयो । साथ साथै शिक्षा स्वास्थ्य सम्वन्धीत सहकारीसंग सम्वन्धीत र समग्रमा देश प्रदेश संग सम्वन्धीत ५३ बुदाका यि कार्यहरु गर्नुस् भनेर सरकारलाई औपचारिक रुपमा पेश गरेको समेत व्यक्त गर्नु भयो ।
बर्तमान समयमा सहकारीमा आएको समस्यालाई बेलैमा समाधान नगरेमा श्रीलंकाको दुरगति भोग्न र पाकिस्तानको दुरावस्था भोग्न हामी बाध्य हुन्छौं त्यसैंले हामी ठुलो दुर्घटना हुनबाट बचाऔं भन्नु भयो ।
आर्थिक संकटकोवारे पनि चर्चा परिचर्चा गर्नुहुन्दै स्वदेशको कल कारखाना नस्ट गरेकोबारे घोर भत्साना गरेकोछ । छिमेकी देशको सहयोगवाट नेपालले आफै केहि गर्नु भनि विभिन्न कल कारखाना, इन्धन, सवारी साधन आदिको धेरै वर्ष पहिलै शुरुवाट गराएको हाल सबै वन्द वा निजिकरणको नाममा सबै ध्वस्त पारेकोवारे विरोध गर्नु भयो । साथै नागरिकता विधयक, भुतानी सरनार्थीको वारेमा पनि विरोध गर्नु भएको थियो ।
चीनको विभिन्न उदाहरण दिन्दै हामीले पनि केहि गर्न सक्ने कुरा राख्नु भयो । सहकारी न्यून आय स्तर भएका गरिवको हो सहकारी ठूलाठालुले संचालन गर्ने होइन । सहकारीले दुरगामी प्रभाव पर्ने कार्य गर्नु पर्ने, सहकारीलाई जिवनसंग जोडेन भने सहकारी पनि बैक नै हो भन्नु भयो । सहकारीलाई समुदायसंग जोड्नु पर्ने, सहकारी शिक्षा, स्वास्थ्य, कृषी, कला, सम्पदा, भाषा, संस्कृतिसंग जोड्नु पर्ने व्यक्त गर्नुभयो होइन भने हामी जिवनसंग अलगिएको बुझिन्छ । सहकारी चिन्तन संग जोडिनु पर्ने, विचारसंग जोड्नु पर्नेमा प्राथमिकता दिनु भयो ।
चिन्तन मननसंग जोड्दै संयुक्त राष्ट्र अमेरिकाको बंैकहरु डुब्न थालेको प्रसंग जोड्नु भयो किनकी पुँजीबादले हरेक १० बर्षमा एक पटक एउटा एउटा आर्थिक संकत निम्त्याउन्छ भनि आज भन्दा १५० वर्ष अगाडी कार्लमाक्सले अनुमान गरेको व्यक्त गर्नु भयो । त्यसैको परिणाम भोग्दै रहेका संयुक्त राष्ट्र अमेरिकाको वारेमा जानकारी गराउनु भयो । विश्वमा भइ रहेका आर्थिक समस्याले हाल चिनलाइ नछोएको समेत जानकारी गराउनु भयो किनकी चिन विश्वको मानिसहरुलाई चाहिने सम्पूर्ण सामानको आदान प्रदान गर्ने अगुवाई भनि BRIल्याएको थियो भने अहिले Global Development initiative program, विश्व विकासको अगुवाई भनि अगाडी वढिरहयो साथै Global civilization initiative, विश्व सुरक्षा अगुवाई गर्ने अझ Global civilization initiative, विश्व सभ्य समाजको निमार्णको अगुवाईलाई अगाडी सारेका कुरा समेत व्यक्त गर्नु भयो ।
उत्तर कोरियाका सहकारीले हरेक क्षेत्रमा उत्पादन गरि सहकारी संचालन रहेको उदाहरण दिन्दै सहकारीले विकास, सुरक्षा, सभ्य समाज, उत्पादन, स्वास्थ्य, शिक्षा र सदस्यमुखि आदीमा अगाडी बढाउनु पर्ने व्यक्त गर्नु भएको थियो ।
मन्तव्यको क्रममा सिद्धि गण्ेश साकोसका अध्यक्ष रुद्र नारायण लाखाले बर्तमान समयमा भइ रहेको सहकारीको विकृती र विसंगतिको रोकथामको वारेमा विशेष प्राथमिकतामा राखि मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संस्थाका संचालक पुनेन्द्र प्रसाद कुसीले संचालन गरेको उक्त कार्यशालामा उपाध्यक्ष कृष्ण भक्त वोडे, सचिव राधेश्याम सुवाल अध्यक्ष एवं सभापति विश्वराम त्वायनासमेतले बोल्नु भएको थियो ।














