मध्यपुर थिमीमा जनप्रतिनिधीकोे एक वर्ष

मध्यपुर थिमीमा जनप्रतिनिधीकोे एक वर्ष
मध्यपुर थिमी, जेष्ठ १३ गते
२०७२ सालको विनासकारी भूकम्पपछिको पुनर्निर्माणकालागि मध्यपुर थिमीमा नक्सापास निःशुल्क नै रहेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जनाएको छ ।
“हाम्रो कला, हाम्रो संस्कृति, मध्यपुर थिमी हाम्रो सम्पत्ति” मुल नारा बोकेको मध्यपुर थिमी नगरपालिकाले जनप्रतिनिधी निर्वाचित भएको एक वर्षमा गरेका कार्य सम्पादन बारे पत्रकार सम्मेलन गरी शनिबार सो जानकारी गराएका हुन ।


मध्यपुर थिमीलाई पर्यटन, कला, धर्म, संस्कृतिबाट पनि चिनाउन उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता, वः फेष्टिबल, ४३० वटा टोलवस्तीको मौलिक नाम अभिलेखिकरण तथा प्रतिष्ठान समिति गठन गरेको, मध्यपुरका जिब्रो छेड्ने जात्रा सहित सांस्कृतिक जात्रा पर्वहरुका लागि वजेट दिएको नगर प्रमुख श्रोष्ठले प्रस्तुत बत्तव्यमा उल्लेख छ ।

गत एक वर्षमा सुशासन कायम गर्न नगरपालिकाले ७ वटा ऐन, ६ वटा कार्यविधि र भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धि विनियमावली सहित १४ वटा ऐन नियम कार्यविधि निर्माण गरी कायान्वयनमा समेत ल्याएको उल्लेख छ ।
भौतिक पूर्वाधार तर्फ एक वर्षमा ९ वटा मन्दिर, ११ वटा फल्चा, २ वटा बहा, २१ वटा मन्दिर परिसर, ९ वटा पार्क, २ वटा ऐतिहासिक दरवार क्षेत्र, एक एक वटा विहार, पोखरी, घाट, र गुम्बा निर्माण भएको विवरण छ।
सडक पूर्वाधार तर्फ कालोपत्रे २१ वटा सडक, ढलान २१ स्थान, रिटेनिङ वाल १९ स्थान, ढुंगा छपाई २८ स्थान, बल्क छपाई ११ स्थान लगायतको उल्लेख गर्दै नगरवासीहरुको दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने, बाटो, ढल, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, सहकारी, राजस्व संकलन जस्ता विषयहरुमा आफ्नो कार्य सम्पादन भएको उल्लेख छ ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको सो पत्रकार सम्मेलनमा उठेका जिज्ञासाहरुको नगर प्रमुख श्रेष्ठ र वडाध्यक्ष रमेश थापा श्रेष्ठ जवाफ दिएका थिए । जवाफमा शहीद धर्मभक्त अंग प्रत्यापन केन्द्र मध्यपुर थिमीको बोडेमा राख्ने सम्बन्धमा आधिकारिक प्रस्ताव आए छलफल गर्न सकिने धारणा राखे भने मध्यपुरका जैविक विविधता भएको सानो कोशि टापुको नामले परिचित मनोहरा सिमसार क्षेत्रको संरक्षणकालागि जोड दिए।
थप जानकारी प्रस्तुत भिडियोमा