साहित्य र संगीतको श्रीवृद्धिको लागि गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन
वैशाख ५ गते, केके मानन्धर ।
नेपाली संस्कृति, नेपाल भाषा साहित्यको श्रीवृद्धि, संगीत, पत्रकारिताको विकासमा समर्पित रहेका स्रष्टाहरुलाई प्रोत्साहन दिने उद्देश्यले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी विजय कुमार मानन्धरको नेतृत्वमा १३ सदस्यीय प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानमा फरक विधाका विज्ञहरु सम्मिलित गरी कार्यसमितिलाई पूर्णता दिइएको छ ।
‘सांस्कृतिक, सांगीतिक, साहित्यिक तथा पत्रकारिता क्षेत्रमा सेवा गरेका स्रष्टाहरुको योगदानलाई स्वतन्त्र रुपमा मूल्यांकन गरी सम्मान गर्ने मुख्य उद्देश्यले प्रतिष्ठान गठन गरिएको छ । हामीले देशविदेशबाट प्रतिभाहरुको खोजी गरी सम्मान गर्नेछौं ।’ अध्यक्ष मानन्धरले जनाए । काठमाडौं महानगरपालिका १३ वडाका समाजसेवी दिलबहादुर मानन्धरकी धर्मपत्नी स्व. गणेशदेवी मानन्धरको स्मृतिमा उहाँका छोराहरु प्रा.डा. राजु मानन्धर, राजेश मानन्धर, सज्जु मानन्धर तथा परिवारको आग्रहमा प्रतिष्ठान बनाइएको उहाँको भनाई छ । नेपाल भाषाको साहित्य र संगीतलाई अन्तर्राष्ट्रियकरण गर्दै समृद्ध बनाउनको लागि पनि प्रतिष्ठानको भूमिका रहने मानन्धरको दाबी छ ।
प्रतिष्ठानको कार्यसमितिसँगै वरिष्ठ चलचित्र निर्देशक पवन जोशीको संयोजकत्वमा ५ सदस्यीय परामर्श समिति पनि बनाइएको छ । प्रतिष्ठानले सोही समितिले सिफारिस गरेकोलाई आधार बनाएर स्रष्टा छनोट, विधा चयन तथा व्यक्तित्व सम्मान गर्ने निर्णय गरेको छ ।
Featured Posts – Style 1
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...














