भक्तपुर नगरमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको तयारी पूरा
भक्तपुर, पुस ४ गते
भक्तपुर नगर विद्यालयस्तरीय खेलकूल प्रतियोगिताको तयारी पूरा गरेको छ । विभिन्न १४ वटा खेलहरु आयोजना गरी नगरको विभिन्न क्षेत्रमा पुस ५ गते देखि ९ गतेसम्पन्न गर्ने कार्यक्रम सहित प्रतियोगिताको तयारी पूरा गरेको आयोजक भक्तपुर नगरपालिका युवा तथा खेलकूद समितिका संयोजक श्यामकृष्ण खत्रीले जनाएको छ । नगरका ९२ विद्यालयहरु मध्ये ८० विद्यालयका २ हजार भन्दा बढी खेलाडी विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने र उत्कृष्ठ खेलाडीहरुलाई प्रमाण पत्र, मेडल तथा विद्यालयहरुलाई खेल सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले बताए ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिता २०७९को तयारी, पुस ५ देखि ९ गतेसम्म – YouTube
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले पुस ५ गते विहान १० बजे सहीद स्मृति खेलमैदानमा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ । उद्घाटन कार्यक्रम आयोजना हुनु पूर्व दत्तात्रय मन्दिर प्रांगणबाट खेल र्याली आयोजना गर्ने छन् । प्रतियोगितामा समाबेस भएका खेलहरु भलिबल शहीद स्मृति खेलम मैदानमा आयोजना गरिने छ भने टेबुलटेनिस बासुमाबि, उसु नासमना भनपा ३मा, पोर्टबल श्री पद्म माविमा, कबड्डी भीमसेनस्थान भनपा ५ मा, कराँते भनपा ६ वडा कार्यालय, एथलेटिक्स महेश्वरी खेल मैदानमा, ब्याडमिन्टन, जिम्याष्टिक लिबाली कभरहलमा, फुटसल भुलाँच भनपा ४मा, खोखो सरस्वती विद्यागृह कमलविनायकमा, बुद्धिचाल दत्तात्रय भनपा ९मा र कसिमला पाँय् ताहाफल्चा दरबार क्षेत्रमा आयोजना गर्ने तयारी गरेको छ ।
सो प्रतियोगिताको तयारी सम्बन्धमा नगर प्रमुख सुनिल प्रजापतिले आज साँझ सहीद स्मृति खेलमैदानको निरिक्षण गरेको थियो ।













