भक्तपुर नगरमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु

भक्तपुर नगरमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु

भक्तपुर, पुस ४ गते


भक्तपुर नगर विद्यालयस्तरीय खेलकूल प्रतियोगिता आजबाट सुरु भएको छ । विभिन्न १४ वटा खेलहरु आयोजना गरी नगरको विभिन्न क्षेत्रमा पुस ५ गते देखि ९ गतेसम्पन्न गर्ने कार्यक्रम सहित प्रतियोगिताको आज नेपाल मजदुर किसान पार्टिका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले उद्घाटन गर्नु भएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको सो प्रतियोगितामा २६९८ विद्यार्थी खेलाडी प्रतिस्पर्धामा उत्रेका छन् । ९०३ मेडल, ७० ट्रफी र ११४० ट्रफीका लागि हुने सो प्रतियोगितामा टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, कराँते, एथलेटिक्स, ब्याडमिन्टन, जिम्याष्टिक, फुटसल, खोखो, बुद्धिचाल र कसिमला पाँय् खेलहरु समेतिएको युवा तथा खेलकूद समितिका अध्यक्ष श्यामकृष्ण खत्रीले जनाएको छ ।


उद्घाटन कार्यक्रममा बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भनपाका उपप्रमुख रजनी जोशी, जनप्रतिनिधी उकेश कवां, उपेन्द्र सुवाल, जिल्ला खेलकूद समितिका अध्यक्ष दिपक थापा, कर्वाडी संघका अध्यक्ष विनोद प्रजापति लगायतका बक्ताहरुले खेलकूद विद्यार्थीको शिक्षा, स्वास्थ्य, अनुशासन, मित्रता, बौद्धिक र सांस्कृतिक विकासका लागि समेत अपरिहार्य भएको चर्चा गरेका थिए ।

Facebook

Facebook

Facebook

Facebook

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आजबाट शुरु
२०७९ पुस ५ गते, मंगलबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आज एक भव्य समारोहबीच उद्घाटन भयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि बिजुक्छेँले कार्यक्रम पूर्ण सफलताको कामना गर्नुहुँदै खेलकुद शिक्षाको अभिन्न अंग भएको बताउनुभयो ।
खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले समाजवादी देश क्युवा खेलकुदमा धेरै प्रगति गरेको देश भएको बताउनुभयो ।
स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु खेलकुदमा सहभागी हुनुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई राम्रोसँग प्रशिक्षित गर्न सके राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रीहरु तयार गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताउनुहुँदै खेलकुदमा भाग लिनु मनोरञ्जनको लागि मात्र नभई अनुशासन र मित्रताको लागि भएको उल्लेख गर्नुभ्यो ।
उहाँले खेलकुद विकासको लागि भक्तपुर नपा वडा नं. ९ ८ लिबालीमा खेलकुद कभर्ड हल निर्माण सम्पन्न भइ चालु अवस्थामा रहेको जानकारी गराउनुहुँदै हाल भनपा १० मा बेखाल कभर्ड हल निर्माणाधीन अवस्थामा रहेको र माहेश्वरी खेलमैदान र सहिदस्मृति खेलमैदान निर्माण प्रक्रियामै रहेको अवगत गराउनुभयो ।
त्यस्तै बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यालय जीवनमा पढाइसँगसँगै खेल र सिर्जनात्मक गतिविधि अत्यन्त महत्वपूर्ण हुने बताउनुहुँदै खेलकुद क्षेत्रलाई अझ फराकिलो बनाउँदै लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिनुहुँदै उहाँले वास्तविक प्रजातन्त्र उपभोग गर्न शिक्षा, स्वास्थ्य र खेलकुदलाई विद्यार्थीहरुको अधिकारको विषय बनाइनुपर्ने विषयमा विद्यालय कलेजहरुमा छलफलको विषय बनाइ शिक्षित बनाउनुपर्ने बताउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले खेलकुदमा हारजित स्वाभाविक भएको बताउनुहुँदै अनुशासन र मित्रताको लागि खेलकुदमा सहभागी हुन खेलाडीहरुलाई हौसला प्रदान गर्नुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष तथा भक्तपुर नपा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टन/जिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १३ ओटा खेलका लागि प्रतिस्पर्धा हुने जानकारी दिनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर जिल्ला कबड्डी संघका अध्यक्ष विनोद प्रजापति, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा र भनपा ८ वडा सदस्य रामसुन्दर बासीले खेलकुदको महत्वबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुद संस्थाका पदाधिकारी, विभिन्न बाजा टोली, नपाका कर्मचारीलगायत खेलप्रेमीहरुको उपस्थितिमा र्‍यालीसहित सुरु भएको थियो । दत्तात्रयबाट सुरु भएको उद्घाटन र्‍याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
उद्घाटन कार्यक्रममा निर्णायकका तर्फबाट भलिबल खेलका राष्ट्रिय रेफ्री रुकेश शाही, प्रशिक्षकको तर्फबाट बासु माविका पुनेन्द्रप्रसाद कुसी र खेलाडीको तर्फबाट विद्यार्थी रितिका महर्जनले खेललाई मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सञ्चालन गर्न शपथ ग्रहण गर्नुभएको थियो भने सोही समारोहमा खेलाडीहरुले जिम्नास्टिक खेलको कौसल प्रस्तुत गरेका थिए ।