भिन्तुनाको २० वार्षिक साधारण सभाः उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड

भिन्तुनाको २० वार्षिक साधारण सभाः उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड
भक्तपुर । कार्तिक १२ गते । भिन्तुना साकोसःएक दिगो वित्तीय सहकारी को मुल नारा सहति भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि.२०औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाका प्रमुख अतिथि नेपाल मजदूर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान विजुक्छे का. रोहितले सभाको उद्घाटन गर्नुहुंदै सहकारी संघ संस्थाहरुले आर्थिक कारोबारलाई मात्र जोड नदिई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र कृषि सुदृढीकरण गर्नुपर्ने औचित्यता प्रकाश पार्नुभयो । कृषि क्षेत्रको विकासमा ध्यान दिन नसक्दा तरकारी र अन्नका लागि विदेशीको मुख ताक्नुपर्ने समस्या आइरहेको प्रमुख अतिथि विजुक्छेले धारणा व्यक्त गर्नुभयो । अहिलेको आवश्यकता भनेको जेष्ठ नागरिकहरुको लालनपालन तथा शिशुहरुको वृद्धि विकासका लागि शिशु स्याहारहरु व्यवस्थित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

हरेक सहकारी संघसंस्थाले आर्थिक चेतना अभिवृद्धि गर्नु एक पक्ष हो भने सहकारी मार्फत् राजनीतिक चेतना दिने कक्षाहरु संचालन गर्दै जानुपर्ने औचित्यता औंल्याउनुभयो । राम्राराम्रा शिक्षकहरुबाट तल्लो कक्षादेखि महत्वपूर्ण विषयहरुको थपकक्षाहरु चलाउन सके भक्तपुरको शैक्षिक क्षेत्र अझ राम्रो हुने धारणा पनि उहा“ले व्यक्त गर्नुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाले हरेक सहकारीहरुले सहकारीका सात सिद्धान्तहरु पालना गर्नुपर्ने र सहकारीको मर्म बुझेर अगाडि बढ्न सके राम्रा सहकारीको विकास हुने विचार राख्नुभयो । सहकारीमा पनि वर्ग हुने भएकोले समुदायमा आधारित सहकारीमा मात्र कारोबार गर्नु सबैको वुद्धिमानी हुने धारण पनि उहा“ले व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिका वडानं २का वडाध्यक्ष हरिप्रसाद वासुकलाले अहिले पनि कतिपय सहकारीहरु सदस्यहरुको वचत गरेको रकम लिएर भाग्ने प्रवृति बढ्दो रहेकोमा सबै सदस्यहरु चनाखो भई आफ्नो बचत गरेको रकमको ग्यारेन्टी बारे विचार राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भक्तपुर नगर पालिकाले उच्च शिक्षाका लागि जनताका छोराछोरीहरुलाई पा“च लाख सम्म शैक्षिक ऋण प्रदान गरिरहेको र नियम विपरित संचालन गरिएका सहकारी संघ संस्थाहरुको नपाले अनुगमन गरिरहेको पनि जानकारी गराउनु भयो । संस्थाका संस्थापक अध्यक्ष आशकुमार कोजूले सरकारले युवा रोजगारका नाममा युवाहरुलाई विदेशमा भन्दा स्वदेशमै स्वरोजगारी दिई देश विकासमा युवाहरुलाई संलग्न गराउनुपर्नेमा सरकार चुकेकोमा चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रघाती एमसीसी र नागरिकता विद्ययक ल्याएर सरकार विदेशीको इशारामा चलेको धारणा व्यक्त गर्नुभयो । सहकारीलाई सबैको जीवनस्तर उकास्ने माध्यमका रुपमा लिई अगाडि बढ्नुपर्नेमा पनि उहा“ले जोड दिनुभयो । सभामा प्रमुख अतिथि विजुक्छेले संस्थाका असल बचत कर्ताहरु राजमाया सुवाल र कृष्ण व्यान्जूलाई असल बचत पदक, असल ऋणी पदकबाट रामप्रसाद धुसु , जेष्ठ सदस्यद्धय बिरिया कोजू र रामभक्त घटुवालाई दोसल्ला सहित जेष्ठ सदस्य सम्मान र १५ जना जेष्ठ नागरिक वचत कर्ताहरुलाई सुस्वास्थ्यको कामना सहित हर्लिक्स वितरण गर्नुभएको थियो ।संस्थाका बासुरी बाजा प्रशिक्षार्थीहरुबाट बासुरी धुन समेत प्रस्तुत गरिएको उक्त सभामा बाल बचत कर्ताहरुमबाट सा“स्कृतिक प्रस्तुती समेत गरिएको थियो । संस्थाका सचिव चञ्चल सुवालले प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन,कोषाध्यक्ष कृष्णप्रसाद सुवाले प्रस्तुत आर्थिक प्रतिवेदन तथा आ.व.२०७९।०८०को अनुमानित बजेट,लेखासुपरीवेक्षण समितिका संयोजक गणेशप्रसाद सुवाले प्रस्तुत लेखासुपरीवेक्षण प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन सभाले पारित गरेको थियो । संस्थाका उपाध्यक्ष न्हुछेराम कोजूले स्वागत र सभा तयारी समितिका संयोजक सत्यनारायण बासुकलाले धन्यबाद ज्ञापन गरिएको उक्त सभा संस्थाका अध्यक्ष शिवकृष्ण कोजूको सभापतित्वमा भएको थियो भने संस्था सुनिता घटुवा र मीरा दुगुजुले पनि बोल्नुभएको थियो ।