लागू औषध सहित एक व्यक्ति प्रहरीद्वारा पक्राउ !

लागू औषध सहित एक व्यक्ति प्रहरीद्वारा पक्राउ!
भक्तपुर, बैशाख ३१ गते
लागू औषध सहित नुवाकोटका एक जना मानिस भक्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले ब्राउन सुगर जस्तो देखिने लागू औषध कसुरमा नुवाकोट जिल्लाको ककनी गाउँपालिका घर भई हाल भक्तपुर डेरा गरी बस्दै आएका ३७ वर्षका हरिनाथ कोइरालालाई प्रहरी वृत्त ठिमीले सूर्यविनायक नगरपालिका वडा नं. २ बाट पक्राउ गरिएको सूचना अधिकारी ढुण्डीराज नेउपानेले जनाएको छ । नेउपानेका अनुसार लागू औषध ब्राउन सुगर जस्तो देखिने १ ग्राम ३२ मिलि ग्राम सहित बुघबार पक्राउ गरिएको हो । पक्राउ पछि कोइरालालाई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । कोइरालाले बालकोटमा लागू औषध बिक्रि बितरण गर्दैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त भक्तपुरबाट प्रहरी टोली खटिई गई पक्राउ गरेका हुन ।