क्रान्तिकारी युवाहरुद्वारा शुभकामना आदानप्रदान
भक्तपुर, १४ असोज । नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिको खेलकुल विभागको आयोजनामा विजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न खेलकुद संघ, खेलकुद समिति र खेलाडीहरुको भेला नेपाज मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र राज गोसाईको प्रमुख आतिथ्यतामा शुक्रबार जनवर्गिय संगठनको कार्यालय नगांचामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्रराज गोसाईंले चाँडपर्वलाई रचनात्मक ढंगबाट उपयोग गर्नुपर्ने बताउँदै खेल क्षेत्रका अगुवा र जिम्मेवारसाथीहरुको उपस्थितिमा खुसि व्यक्त गर्दै शुभकामना दिनुभयो । उहाँले खेल, साहित्य र संस्कृति एक अर्का प्रति अन्यन्याश्रीत छ भन्नभयो । उहाँले पहिलो जसरी साँस्कृतिक नाचमा आकर्षण घट्दा प्रोत्साहन गर्दा अहिले टोलटोलमा साँस्कृतिक नाच प्रति आकर्षण बढे जस्तै अहिले खेलकुदमा पनि जाँगरण ल्याउन नेतृत्वले भुमिका खेल्नु पर्ने र कोही व्यक्ति एकैदिन पेले र म्यारोडोना नबन्ने गरे सम्भब छ भन्नभयो । उहाँले बताउनु हुँदै भयो । उहाँले खेलाडी तयार गर्नु भनेको भोलिका स्वय्म सेवक तयार हुनु हो तर अहिलेको पुँजिवादी व्यवस्थाले खेल गतिविधिमा तल्लो वर्गलाई सकेसम्म सहभागी नगराउने र अवसर दिँदैन भन्नुभयो । उहाँले नेपाली काँग्रेसमा उम्मेदवारको किचोलोमा किसानहरुलाई अवसर नदिएको स्वय्म काँग्रेसीहरुले गुनासो पोख्ने गरेको बताउनुभयो । उहाँले सामाजवादी व्यवस्थामा सबै नागरिक खेलाडी बनाई भालिका सैनिक, सक्षम व्यक्तित्व तयार गर्ने उदेश्यले काम हुन्छ र स्वास्थ्यको न्युनतम मापदण्ड व्यायामशालाहरु कार्यालय, उद्योग, अस्पताल र विद्यालयहरुमा हुने बताउँदै खेलकुद जगतमा लगानी गरे स्वास्थ्य क्षेत्र अस्पताल र औषाधिमा लगानी कम गरे पुग्ने साथै सामाजवादी व्यवस्थ्थामा न्युनतम आधारभुत आवश्यकता शिक्षा, स्वास्थ्य र उत्पादनका साधनहरु राज्यको दायित्व हुन्छ भन्नुभयो । उहाँले पुँजिवादी व्यवस्थामा पक्षपात, भ्रष्ट्राचार हुने भएकोले खेलकुदको विकास नहुने र युवाहरुमा पनि आकर्षण घट्ने गरेको बताउनुभयो । उहाँले चीन, क्युवा र प्रजग कोरियामा खेलकुद क्षेत्रमा महत्व दिई राखेको बारे बताउँदै कोरोना कालमा ती देशहरुले सहजरुपमा कोरोनालाई जितेको बताउनुभयो । उहाँले पुँजिवादी शासक दलहरुले बहुमत ल्याए फेरी नागरिकता विधेयक, एमसिसि, एसपिपि पास गर्ने र कार्यन्वयन गर्न सक्ने भएकोले जनतालाई सचेत गरी देश जोगाउन सबै खेलाडीहरु लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष एवम् नेक्रायुसंघ खेलकुद विभागका पूर्व संयोजक रामकृष्ण प्रजापतिले युवाहरु जोश, जागर र उमंगले भरिएको सुविचार, सुकर्म र चेतनशील नागरिक भएकोले त्यस्ता युवाहरुलाई विकृति र विसंगति, लागुपदार्थबाट टाढा राख्न खेलकुदले एकदम महत्व भूमिका निर्वाह गर्ने भएकोले मानसिक र शारीरिक रुपमा स्वस्थ्य बनाउन खेलकुदलाई जीवनको अभिन्न अंगको रुपमा विकास गर्नुपर्छ भन्नुभयो । उहाँले खेलाडी राष्ट्रको गहना भएको बताउँदै देशको सार्वभौमिकता, भुअखण्डता र स्वाधिनता रक्षाको लागि सधैं अग्रपंक्तिमा रहने भएकोले युद्धले जित्न नसक्ने देश खेलकुदले जितेर आफ्नो देशको झण्डा विदेशमा फहराउन सक्ने बताउनुभयो । उहाँले खेलाडीहरुसंग अनुशासन र नियमका परिपुरक भएकोले नेताहरुलाई अनुशासन सिकाउने काम भई आएको बताउनुभयो ।
कार्यक्रम नेक्रायुसंघ भजिक खेलकुद विभागका संयोजक राजकुमार लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामशरण त्वाती, रत्ना चवाल, आशराम सुवाल, राजु बजिकों, राजन चित्रकार, विवेक प्रजापति, दिलिप नारायण श्रेष्ठ, रमेश सितिखु, किशोर गोसाई, बलराम न्हिसुतुले नयाँ पुस्ता खेलकुलमा भन्दा मोबाइलमा फसेको, खेलकुद व्यवसायीकरण नहुँदा खेलकुदबाट जीवन गुजारा गर्न सक्ने अवस्था नरहेको, वडा वडाको खेलकुद गतिविधि गर्ने टिप क्लबहरु निष्कृय भएको र प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहन नभएको बताए ।
Featured Posts – Style 1
चाँगुनारायणको माझी भैरवमा क्षमा पूजा सम्पन्न: नगर नेतृत्वको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै वडाध्यक्षको आपत्ति
2026-09-12 Comments Off on चाँगुनारायणको माझी भैरवमा क्षमा पूजा सम्पन्न: नगर नेतृत्वको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै वडाध्यक्षको आपत्ति
चाँगुनारायणको माझी भैरवमा क्षमा पूजा सम्पन्न: नगर नेतृत्वको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै वडाध्यक्षको आपत्ति भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ९,...
पत्रकारको पहलमा हडपिएको जग्गा फिर्ता: थिमीका मगर परिवारले गरे पत्रकारहरूलाई सम्मान
2026-09-12 Comments Off on पत्रकारको पहलमा हडपिएको जग्गा फिर्ता: थिमीका मगर परिवारले गरे पत्रकारहरूलाई सम्मान
पत्रकारको पहलमा हडपिएको जग्गा फिर्ता: थिमीका मगर परिवारले गरे पत्रकारहरूलाई सम्मान भक्तपुर। जग्गा दलालहरूले हकवालाको मञ्जुरीबिनै बेचबिखन गरेको जग्गा पत्रकारहरूको...
छैठौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स असोज २ र ३ गते हुने (अन्तिम तयारी पूरा)
2026-09-12 Comments Off on छैठौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स असोज २ र ३ गते हुने (अन्तिम तयारी पूरा)
छैठौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स असोज २ र ३ गते हुने (अन्तिम तयारी पूरा) भक्तपुर। ‘स्वास्थ्यका लागि...
गुठी मार्फत बौद्ध स्टुपाको व्यवस्थापन सुरु, भ्रममा नपर्न आग्रह (पत्रकार सम्मेलन)
2026-09-12 Comments Off on गुठी मार्फत बौद्ध स्टुपाको व्यवस्थापन सुरु, भ्रममा नपर्न आग्रह (पत्रकार सम्मेलन)
गुठी मार्फत बौद्ध स्टुपाको व्यवस्थापन सुरु, भ्रममा नपर्न आग्रह (पत्रकार सम्मेलन) काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचिकृत प्रसिद्ध धार्मिक तथा सांस्कृतिक...
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
2026-09-11 Comments Off on त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! बाको मुख हेर्ने दिन : आफ्नै संस्कारमा उहाँको दर्शन बा खुसी हुनुहुन्छ ? अच्युतकृष्ण...













