अन्य ब्यक्तिको ट्रायल दिने ५ जना पक्राउ
भक्तपुर, भाद्र २३गते
महानगरीय प्रहरी परिसर भक्तपुरले अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न भएको भन्दै ५ जना अभियुक्तलाई पक्राउ गरेको छ । मध्यपुर थिमी स्थित राधे राधेको ईजी वे ट्रायल सेन्टरमा नक्कली नागरिकता र नक्कली प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न ५ जनालाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी राजु पाण्डेले जनाएको हो । यसरी पक्राउ पर्नेहरुमा सिन्धुली घर भई हाल चाबहिल काठमाण्डौ र कोटेश्वर बस्ने मनिष श्रेष्ठ र मनिष लामिछाने, टुल्कु सिं तामाङ, कालिकोट स्थायी घर भई हाल कटुञ्जे भक्तपुर बस्दै आएकाइन्द्रबहादुर शाही र गोर्खाका राजकुमार श्रीमल रहेको प्रहरीले जनाएको छ । २० देखि २४ वर्ष उमेर समूहका यी युवाहरुले अन्य ब्यक्तिको सवारी चालक अनुमति पत्र लिन ट्रायल परीक्षा दिन नक्कली नागरिकता र नक्कली प्रवेश पत्र बनाई लिखत सम्बन्धि कसुर गरेको भन्दै प्रहरीले बिहिबार पक्राउ गरेको हो । पक्राउ परेका ति युवाहरुको साथबाट प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिएको छ । तिनीहरुलाई लिखत सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरेको सूचना अधिकारी पाण्डेले जनाएको छ ।
Featured Posts – Style 1
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
2026-09-08 Comments Off on अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन २०८३ भक्तपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने भक्तपुर...
माटोको सुगन्ध
2026-09-08 Comments Off on माटोको सुगन्ध
शिर्षक ः माटोको सुगन्ध माटोको सुगन्ध हिमाल हाँसेको देश हो यो, नदी बगेको भेष हो यो। पसिनाले लेखिएको कथा,...
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...











