जिल्ला स्वास्थ्य कार्यालयले सरकारद्वारा भक्तपुरमा खोप उपलब्ध गराउन माग ।
जिल्ला स्वास्थ्य कार्यालयले सरकारले भक्तपुरमा कोभिड–१९ विरुद्धको खोप पठाउन छाडेको भन्दै थप खोप मगाइदिन जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ । जिल्लाका धेरै नागरिकले खोप लगाइसकेको भन्दै सरकारले थप खोप पठाउन छाडेको कार्यालयको गुनासो छ । विपद व्यवस्थापन र पूर्व तयारीबारे जिप्रकाकोे छलफल कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले थप खोप उपलब्ध गराइदिन माग गर्नुभएको हो । उहाँले भन्नुभयो, “सरकारले ४० वर्ष माथिका र विगतमा खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउने भनेको छ तर भक्तपुरलाई खोप दिदैन, सरकारले भक्तपुरलाई खोप धेरै भयो भनेर कोभिडको भ्याक्सिन पठाउनै छाड्यो, भक्तपुरलाई थप भ्याक्सिन उपलब्ध गराइदिन सिडिओले पहल गरिदिनु प¥यो ।” कार्यालय प्रमुख मिजारले जिल्लाका तीन लाख ७४ हजार २१५ जनसङ्ख्यामध्ये हालसम्म एक लाख ९२ हजार ९३५ लाई खोप लगाइएको भन्दै यहाँका खोप लगाउने उमेर समूहका ५१ प्रतिशतले मात्र खोप पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरमा खोप लगाएकाको तथ्याङ्क हेर्दा ५१ प्रतिशतले मात्र खोप पाएका छन् तर यो तथ्याङ्कअनुसार खोप सबै भक्तपुरका स्थायी बासिन्दाले मात्रै लगाएका होइनन्, अस्थायी रुपमा बस्दै आएका बाहिरी जिल्लाका नागरिक पनि यहीँ तथ्याङ्कभित्र पर्छन्, त्यसैले स्थायी बासिन्दालाई खोप पुगेको छैन, मगाइदिन पहल गर्नुप¥यो ।” जिल्लामा अझै पनि ३५ वर्ष माथिकाले खोप लगाउन छुटेको २९ हजारभन्दा बढी रहेको र कोरोना सङ्क्रमित सुरक्षित नबसेर लापर्वाही गरी जताततै हिँड्दा जोखिम बढेको कार्यालय प्रमुख मिजारले बताउनुभयो । छलफलमा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले कोरोना सङ्क्रमित घटेपछि नगरपालिकाले दुवाकोटस्थित इञ्जिनीयरिङ कलेजमा सञ्चालन गरेको ५० श्य्याको आइसोलेशन सेन्टर एकसातादेखि बन्द गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन महिनासम्म आइसोलेशनमा बस्न कोही सङ्क्रमित आएनन्, त्यसपछि बन्द ग¥यौँ, तेस्रो लहर आयो भने पुनः सञ्चालन गछौंँ ।” नगर प्रमुख मिश्रले कोभिडकै महामारीमा सञ्चालन भएको चाँगुनारायण नगर अस्पतालमा ८० सङ्क्रमितको उपचार भएको, अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको, तेस्रो लहर आए तयारीमा रहेको बताउँदै सङ्क्रमितलाई चिकित्सकद्वारा प्रत्येक दिन जुममार्फत दिइने स्वास्थ्य परामर्श धेरै प्रभावकारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसमा लापर्वाही बढेको छ, सङ्क्रमित आफै चिया पसलमा बसेर गफ लडाइरहेका हुन्छन्, दूधको क्यान बोकेर दूध मिलमा गएको देखिन्छ, कतिपय रोग लुकाएर निस्फिक्री हिँड्छन्, यस्ताबाट जोखिम बढ्यो ।” सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो नगरको ५० हजार नागरिकलाई खोप दिइएको, २० हजारको निःशुल्क पिसिआर परीक्षण गराइएको र स्वास्थ्य परामर्श तथा आइसोलेशनको व्यवस्था गरिएको बताउँदै आगामी एक महिनाभित्र जगातीमा सुविधा सम्पन्न सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याइने बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्नै नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले १०२ श्यया सञ्चालन गरिरहेको र २०७६ चैतबाट आफ्नै पिसिआर ल्याब सञ्चालन गरिएकोे जानकारी दिनुभयो ।
कोरोनाको तेस्रो लहरका लागि तयारीमा नगरपालिका रहेको बताउँदै उहाँले भेन्टिलेटरसहितको १५ श्ययाको सघन उपचार कक्ष, बच्चाको सघन उपचार कक्ष र अक्सिजन प्लान्टसहित विभिन्न सेवा थप गर्दै ल्याइएको छ भन्नुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले ७५ श्ययाको आइसोलेशन सञ्चालन गरेको, आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गरेको, २५ श्ययाको कोभिड ब्लक र भेन्टिलेटरसहित सात श्ययाको सघन उपचार कक्ष सञ्चालन गरेको जानकारी गराउँदै तेस्रो लहरका लागि आफूहरू तयारीमा रहेको बताउनुभयो । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा सुमित्रा गौतमले अहिले कोभिड सङ्क्रमित घट्यो भनेर ढुक्क भएर बस्ने अवस्था नभएको बताउनुभयो । यस अस्पतालमा दोस्रो लहरका ४३८ सङ्क्रमितको उपचार गर्दा ३८ जनाको ज्यान गएको र अब बच्चा ठूलो जोखिममा रहेकाले उच्च सर्तकता अपनाउनुपर्नेमा जोड दिनुभयो । “भक्तपुर अस्पतालमा तेस्रो लहरको तयारी गर्दै भर्खर जन्मेको बच्चादेखि १८ वर्षसम्मका लागि छट्टै र त्यस भन्दामाथि उमेरका लागि छुट्टै गरी छ श्ययाको भेन्टिलेटरसहित ३२ शय्ययाको सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छौँ,” डा गौतमले भन्नुभयो, “आफ्नै अक्सिजन प्लान्ट, २४ सै घण्टा पिसिआर परीक्षण, आकस्मिकदेखि सबै उपचार सञ्चालन गरिरहेका छौँ ।” यस अस्पतालमा अहिले दैनिक ८०० को हाराहारीमा बिरामी आइरहेका र कोभिड सङ्क्रमित निको भएपछि निकै समस्या हुनसक्ने देखिएकाले पोष्ट कोभिड क्लिनिक सञ्चालन गरिएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति मनोजकुमार थापाले यसअघिका हरेक विपदमा रेडक्रसले घरघरमा गएर सहयोग पु¥याएको र अहिले पनि जस्तोसुकै विपद् आएपनि सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । प्रजिअ शर्माले आज उपत्यकाका तीन सिडिओको बैठकले कोभिडको विपद् एवं निषेधाज्ञाबारे निर्णय गर्ने बताउनुभयो । उहाँले चाडबाड नजिकिएकाले शान्ति र सुरक्षालाई मजबुद बनाउनाका साथै बजार अनुगमन, र दसँैमा बाहिर जाने तथा आउनेबाट कोभिडको सुरक्षाका बारेमा थप निर्णय गरिने बताउनुभयो । जिल्लामा कोभिड–१९ देखि अन्य विपद्का लागि पनि तयारी अवस्थामा रहन सबैलाई आग्रह गर्दै उहाँले विपद्मा सबैले हातेमालो गर्दै अगाडि बढ्न सके मात्रै विपद्लाई परास्त गर्न र सङ्कटको सामना गर्न सकिन्छ भन्नुभयो । –––
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













