भक्तपुर बचतको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
भक्तपुर, ४ भदौ ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व. २०७८।०७९ को वार्षिक समीक्षा कार्यक्रम संस्थाकै सभाहलमा शनिवार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार लक्ष्मी नारायण दुवालले कार्यक्रमको उद्घाटन गर्नुहुँदै राम्रो र सत्य मनले काम गरे संस्था सफल र सबल हुने बताउनुभयो । उहाँले कुनै गल्ती हुँदा ध्वंसात्मक नभइ राय सुझाव दिने गरी आलोचना गर्नु उपयुक्त हुने जानकारी दिनुभयो । साथै समीक्षा कार्यक्रममा समूहगत प्रस्तुती भएका क्रियाकलापलाई लिपिबद्ध गर्नु पर्ने बताउनुहुँदै सबैले निस्वार्थ भावनाले काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
संस्थाका समिति, उपसमिति तथा कर्मचारीहरुले आर्थिक पक्षसँगै देशको राजनीतिक पक्षबारे जानकारी लिइराख्नुपर्ने बताउनुभयो । भारतले सिक्किम र फिजीलाई आफ्नो कब्जामा पार्नका लागि गरिएका सुत्र अहिले नेपालमा प्रयोग गरिरहेकोबारे सचेत हुनुपर्ने बताउनुभयो ।
संस्थाका सदस्य जगनाथ प्रजापतिले संस्थाको वासलात तथा आर्थिक पक्ष, व्यवस्थापक सत्यनारायण साँयजूले संस्थाका प्रगति तथा गतिविधिबारे जानकारी भएको उक्त कार्यक्रममा उपाध्यक्ष निर्मल प्रजापति, सदस्य रामेश्वरी कोजूले पनि बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा समूहगत छलफलबाट आर्थिक पक्षबारे जयराम कोजू, सामाजिक पक्षबारे चन्द्रलक्ष्मी दुवाल, प्रशासनिक पक्षबारे तुल्सीराम प्रजापति, व्यवस्थापन पक्षबारे निरञ्जन प्रजापति, सदस्य सेवा सुविधाबारे रीता दुवालले प्रस्तुतीकरण गर्नुभयो ।
संस्थाको आ.व. २०७८।०७९ को असार मसान्तसम्ममा कूल सम्पत्ति तथा दायित्व ३ अर्ब ४४ करोड ७९ लाख रुपैया रहेकोमा कूल बचत २ अर्ब ८२ करोड ३६ लाख पुगेको संस्थाका व्यवस्थापक सत्यनारायण साँयजूले जानकारी दिनुभयो । उहाँले संस्थाको ऋण लगानी २ अर्ब ९१ करोड ८८ लाख रुपैयाँ, शेयर पूँजी १५ करोड ५ लाख रहेकोमा संस्थाको तरलता भने कूल बचतमा १४.२५ प्रतिशतको दरमा ४० करोड २६ लाख रुपैयाँ रहेको बताउनुभयो । उक्त आ.व. जम्मा ८ हजार ४६ जना सदस्य संख्या रहेको जानकारी गराउनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













