सवारी दुर्घटनामा नवदुर्गागणका देवगण विमलको मृत्यु, जगाती प्रहरी वृत्तमा धर्ना,घाईतेको उपचार गर्ने सहमति
भक्तपुर, माघ १४ गते
भक्तपुरको प्रसिद्ध नवदुर्गा गणका देवगण विमल वनमालाको सवारी दुर्घटनाबाट मृत्यु भएपछि आज दिनभर जगाती प्रहरी वृत्तमा धर्ना र नाराबाजी भएको छ । मृतक वनमालाका परिवार तथा आफन्तजनहरुले हिजो दुर्घटनाभए देखि मृतकको परिवारकालागि उचित क्षतिपूर्ति र घाईतेको उपचारको माग गर्दै धर्ना दिएका हुन । दुर्घटनामा संलग्न टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको भएपनि सवारी धनीले पीडित पक्षको मागलाई सम्बोधन नगर्दा दिनभर प्रहरी वृत्त जगातीमा धर्ना दिनुपरेको सहभागिहरुले बताए । न्यायकोलागि धर्ना दिदा उल्टै लाठिचार्ज समेत भएको गुनासो गर्दै मृत्तक बनमालामा आफन्तहरुले मान्छेको ज्यान गयो, तिनका वृद्ध आमा, बुवाको भरोसा गुम्यो, तिनीहरुको भरोनपसनकालागि रु।३० लाख क्षति पूर्तिको चाहियो र घाइतेको उपचार हुनु पर्यो माग गरेका थिए ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको स्वामित्वमा रहेको टिपरबाट हिजो राति ९ः३० बजे कमलविनायकमा भएको सो सवारी दुर्घटनामा परि नवदुर्गा गणका महालक्ष्मी देवता बोक्ने देवगण विमल बनमालाको मृत्यु हुुनुका साथै राजेश वनमाला गम्भिर घाइते भएका थिए । सो दुर्घटनाका पीडितहरुलाई विमा बापत ५ लाख र टिपर व्यवसायी संघको तर्फबाट रु।२ लाख मात्र क्षतिपूर्ति हुने भनिएपछि स्थानीय समुदाय आक्रोसित भएका थिए । आक्रोसित भिडले नारावाजी गरेपछि र आज साँझबाट महालक्ष्मी स्थान भक्तपुरमा नवदुर्गाको माछा मार्ने जात्रा समेत गर्नुपर्ने र देवगणकै मृत्यु भएपछि अन्तिम संस्कार नभएसम्म सो जात्रा गर्न नमिल्ने भएकाले स्थानीयको चर्को दबाफपछि मृतकलाई १६ लाख क्षतिपूर्ति र घाइतेको उपचार गर्ने गरी दुबै पक्ष बीच सहमति गरेको जगाती प्रहरीले जनाएको छ ।
सो दुर्घटनाबाट नवदुर्गा गणका अर्का सदस्य राजेश वनमाला समेत घाइते भएका थिए । उनको पनि थप उपचार गर्ने आज भएको बार्तामा सहमति गरेको प्रहरीले जनाएको छ ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














