ललितपुरमा लायन्सको स्वास्थ्य शिविर
ललितपुर, भाद्र ६ गते
लायन्स् क्वब अफ काठमाण्डौ जावलाखेल र झिगु आयुर्वेद पसलको संयुक्त आयोजनामा गत शनिबार ललितपुरमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरको आयोजना गर्यो । सो शिविरमा २३७ जनाले स्वस्थ्य जाँच गराएका थिए भने निःशुल्क औषधि पनि बितरण गरिएको थियो । शिनबार भएको सो स्वास्थ्य शिविरमा पाइल्स, ग्याष्टिक, अल्सर, पत्थरी, छाला, बाथरोग, दम, पिनाश, मधुमेह, जोर्नी तथा नशा, जन्डिस, यौन दुर्वलता आदि रोगको चेकजाँचका साथै औषधी बितरण भएको आयोजक समितिका सन्नी मालीले जनाएको छ ।















