बागिहिनीमा क्षयरोग सम्बन्धि अभिमुखीकरण आयोजना

बागिहिनीमा क्षयरोग सम्बन्धि अभिमुखीकरण आयोजना
भक्तपुर, असार २१
क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन वचाऔं भन्ने नारा सहति NTP कार्यक्रम अन्तर्गत बागीश्वरीस्थित बागेहिणी माविमा क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज आयोजना गरेको छ । विद्यालयका शिक्षक देवसिह धामीको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्तण केन्द्रका अनुगमनकर्ता शिव शंकर महत्वले क्षयरोग नियन्त्रणका लागि शिक्षक र विद्यार्थीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो । साथै क्षयरोगका विरामीको पहिचान, खकार परीक्षण, मनोविमर्श र परामर्श कार्यहरु समेत सञ्चालन भएको जानकारी दिनु भयो ।


कार्यक्रमका प्रशिक्षक भक्तपुर जिल्ला शाखाका निवर्तमान सभापति राम सिख्वले सो अवसरमा क्षयरोगका लक्षण उपचार विधि, जोखिमको अवस्था बारेमा सचेतिकरण गर्नु भएको थियो । सोही कार्यक्रममा भक्तपुर जिल्ला शाखाका पूर्व सभापति महेन्द्र कायष्ठ, कोषाध्यक्ष रत्नलाल साँद, कार्य समिति सदस्य सानुकाजी त्वायना, विद्यालयका शिक्षक विष्णुलाल श्रेष्ठ, उद्धव जमकटेल र जीवन सुवालले पनि क्षयरोग बारेमा अभिमुखिकरण गर्नु भएको थियो ।