चाँगुबासीका यातायात समस्या समाधानका लागि जुटे नगर प्रमुख
भक्तपुर । चाँगुनारायणका हरेक वडामा सार्वजनिक यातायात सुचारु गराउन नगर प्रमुख जुटेका छन् ।
राजधानी बाट नजिकको स्थान भएपनि यातायात सेवामा पिछडिएको चाँगुनारायणका हरेक क्षेत्रमा सार्वजनिक यातायात पहुँच विस्तारका लागि नगर प्रमुख जीवन खत्री जुट्नु भएको हो ।
यातायातको समस्याले दुःख खेप्दै आएका चाँगुनारायण नगरबासीकोे समस्या समाधानकालागि ख्वप भक्तपुर मिनिवस यातायात समितिका पदाधिकारीहरु सँग छलफलका लागि समितिको कार्यालय पुग्नु भएको हो ।
विदाको दिन पनि नगरमा यातायातको कारण विद्यार्थी,महिला बालबालिका तथा बृद्द बृद्दा लगाएत अन्यले भोग्नु परेको समस्या समाधानका लागि नगरमा यातायात कसरी सुचारु गर्न सकिन्छ भनी छलफलका लागि ख्वप भक्तपुर मिनिवस यातायात समिति पुग्नु भएको हो ।
नगर प्रमुख खत्रीले चाँगुनारायण नगर त भयो तर अहिले पनि अधिकाँश स्थान ग्रामिण परिवेशका नै छन जहाँ यातायातको सेवा नहुँदा काठमाडौंबाट नजिक भएपनि टाडा हुन पुगेको छ ।
विहान विद्यार्थीले समयमा कक्षा भ्याउन हम्मे हम्मे पर्ने तथा यातायातको सुविधा नहुँदा आफ्नो बारीमा उत्पादन भएका विभिन्न तरकारी एवं बाली बजार सम्म लैजान हम्मे हम्मे छ जसको निराकरणका लागि नगरका हरेक वडामा यातायात निरन्तरताका लागि आफू समितिमा पुगेको उहाँले जानकारी दिनुभयो ।
केहि समय अगाडी सम्म छालिङमा सार्वजनि यातायात चल्ने भएपनि हाल उक्त स्थानमा सार्वजनि यातायात नहुँदा नजिकका आफन्तहरुको समेत हेलाँको स्थानका रुपमा परिचित भएको छालिङका स्थानीयत गोकर्ण पुरीले बताउनुभयो ।
यस्तै विकासको क्षेत्रमा छलाँङ मारेको झौखेलमा समेत सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले ठूलो समस्या भोग्नु परेको स्थानीय गोविन्द थापाले बताउनुभो ।
नगर प्रमुखज्यूले यातायात सञ्चालनका लागि समस्या रहेका सडक लगाएतका अन्य समस्या बारे नगरपालिकाले समस्या समाधानका लागि पहल गर्ने भन्दै यातायात सुचारु गर्न पर्ने हरेक बाधा समाधानमा आफू जुट्ने समेत बताउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ३ र ५ मा हाल सम्म नियमित रुपमा सार्वजनि यातायात संचालनमा छैनन । भक्तपुर नगरबाट नजिकका स्थान भएपनि सार्वजनिक यातायात सुविधा नहुँदा उक्त क्षेत्रका बासिन्दाले ठूलो समस्या झेल्दै आएका छन् ।
मिनिवस सेवा समितिले आज देखि नै झौखेलमा र अर्को महिना देखि छालिङमा नियमित बस सेवा संचालन हुने प्रतिवद्दता दिएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर १ देखि ९ सम्म विभिन्न सडकमा सुचारु रहँदै आएका यातायातलाई व्यवस्थित गर्ने र नियमित समय तालिकामा नै यातायात सुविधा दिन नगर प्रमुख विभिन्न यातायात व्यवसायीहरुसँग सहकार्यमा जुट्नु भएको हो ।
चाँगुनारायणमा हाल उत्तर पूर्वी यातायात, मिनिवस सेवा समिति र १ नम्वर रुटका सार्वजनि यातायात चल्दै आएका छन् ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













