भक्तपुर, २९ मंसिर । भक्तपुर नगरपालिकाको आयोजनमा सफाई मजदुरहरुको भेला भक्तपुर नगरपालिकाको सभाकक्षमा एक समारोह बीच आइतवार सम्पन्न भयो ।
कार्यक्रममा वातावरण समितिका सदस्य एवं वडा नं ५ का वडाध्यक्ष प्रेम गोपाल कर्माचार्यले सफाई व्यवस्थापन सम्बन्धि बनेको कार्यदल अनुसार फोहर व्यवस्थापन गर्न लागि परेको बताउनु भयो । उहा“ले सफाई मजदुरहरुको मेहनतले नै नगर सफा भएको बताउ“दै पहिला एकदमै फोहर नगर अहिले एसियामा सफा शहर हुन सफल भएको साथै अहिले खोलामा ढल बगे जस्तै पहिला शहरमा फोहर बग्ने नगर यति ठूलो परिवर्तन हुनमा सफाई मजदुरहरुको मेहनत भएको बताउनु भयो ।
उहा“ले नगरपालिकाले सम्पदा संरक्षण र सफा शहर भनेर चर्चा भईरहेको बताउ“दै यो भन्दा अझ बढी सफा गर्ने तर्फ हाम्रो ध्यान जानु पर्ने बताउनु भयो । उहा“ले ख्वप शहर हरेका किसिमले राम्रो बनाउने सोच रहेको बताउनु भयो । उहा“ले घरपारिवारलाई सचेत पारी कुहिने र नकुहिने फोहर छुट्याउने र ट्राई साइकलमा पनि छुट्याइ संकलन गर्नु पर्ने बताउनु भयो । उहा“ले सफाई मजदुरहरुले दुई महिनाको एकपटक अनिवार्य स्वास्थ्य परिक्षण गरी स्वस्थ्य रहनु पर्ने बताउ“दै रोगलाई सुरुमै उपचार गरे विकराल हुनबाट जोगाउने जसले गर्दा लाखौ खर्चेर उपचार गर्नु नपर्ने बताउ“नु भयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवालले आफु स्वस्थ्य र सफा भए अरुलाई पनि स्वस्थ्य र सफा पार्न सक्ने बताउनु भयो । उहा“ले फोहर व्यवस्थपन गर्न जग्गाको अभाव भएकोले बायो ग्यास प्लान्ट र कम्पोष्ट प्लान राखेर फोहरमैलाको एकिकृत फोहरमैला व्यवस्थापन गर्न सकिरहको छैन भन्नुभयो ।
कार्यक्रममा भनपा जनस्वास्थ्य केन्द्रका प्रमुख डा.रत्नसुन्दर लासिवाले खानपानमा एकदमै सजग हुनु पर्ने बताउ“दै फोहरमा काम गर्देमा रक्सि खानु पर्ने धारण गलत रहेको बताउ“दै रक्सिले भित्रभित्र शरीर विगार्ने बताउनु भयो । उहा“ले सरसफाईमा काम गर्नेहरुलाई संक्रामक रोगको खतरा बढी रहेकोले स्वास्थ्य परिक्षण गरिरहनु पर्ने बताउनु भयो । उहा“ले सफाई मजदुरहरुलाई एक्सरे, दिशापिसाव, हेपाटाइटीस, एचआईभि निःशुल्क परिक्षण गराएको बताउनु भयो । उहा“ले सफाइ मजदुरहरुलाई संक्रामणबाट बच्न ड्रेस, माक्स, पञ्जा र बुट नगरपालिकाले उपलब्ध गराएको सामानहरु प्रयोग गर्न जोड दिनु भयो । उहा“ले अहिले नसर्ने रोग पनि बढीरहेकोले स्वस्थ्य समाज बनाउने तर्फ सबैको ध्यान जानु पर्ने बताउनु भयो ।
कार्यक्रममा श्यानिटेश उपशाखा प्रमुख दिलिप कुमार सुवाल र वडा निरिक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको थियो ।














