भउवा संघमा मकवानपुर महिला उद्यमी व्यवसायी संघको टोली
१३ जेठ २०७९, भक्तपुर ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले एक कार्यक्रम बीच मकवानपुर महिला उद्यमी व्यवसायी संघका अध्यक्ष शुशिला पाण्डे मानन्धरको नेतृत्वमा आएको एक भ्रमण टोलीलाई संघमा स्वागत गर्नु भयो ।

उक्त अवसरमा टोलीका सहभागी महिला उद्यमी व्यवसायीहरुलाई स्वागत गर्दै अध्यक्ष मानन्धरले लामो इतिहास बोकेको भक्तपुर उद्योग वाणिज्य संंघमा मकवानपुरका महिला उद्यमी व्यवसायीहरुलाई स्वागत गर्न पाउँदा सा¥है खुशी लागेको बताउनु भयो । आगामी दिनहरुमा भक्तपुर र मकवानपुरका महिला उद्यमी व्यवसायीहरुलाई आपसी सहयोग र सहकार्य गर्न यस भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । संघले विगतमा महिला उद्यमशीलता विकासमा मद्दत पु¥याउन देशका सफल महिला उद्यमीहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरेको सुनाउँदै आगामी दिनहरुमा पनि महिला सशक्तिकरण र उद्यमशीलता विकासका कार्यक्रमशहरु गर्ने योजना रहेको कुरा बताउनु भयो ।
सोही अवसरमा आफ्नो भनाई राख्दै मकवानपुर महिला उद्यमी व्यवसायी संघका अध्यक्ष शुशिला पाण्डे मानन्धरले भक्तपुर उद्योग वाणिज्य संघको अनुभव र संघ व्यवस्थापन क्षमताबाट केही सिक्न सकिने हुनाले यहाँको भ्रमण गरेको कुरा बताउनु भयो । ऐतिहासिक र सांस्कृतिक धरोहरले भरिएको भक्तपुरमा रहेको पर्यटन र हस्तकला क्षेत्रको प्रचुर सम्भावनालाई मनन गरी मकवानपुरका महिलाहरुलाई पनि यस क्षेत्रमा सहयोग पाउन सके उपलब्धीमूलक हुने बताउनु भयो । र यस क्षेत्रमा सहयोग आदान प्रदान हुन सकेको खण्डमा दुवै जिल्लाका महिला उद्यमी व्यवसायीहरुको हित हुनेछ भन्न् भयो ।
कार्यक्रमका भक्तपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जाले भक्तपुरका महिला उद्यमीहरुको विकासका लागि संघले बि.सं. २०६० सालदेखि महिला उद्यमी समितिको गठन गरी विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको कुरा राख्नु भयो । यस बीच महिला उद्यमशीलता विकासका लागि विभिन्न सीपमूलक र व्यावसायिक तालिमहरुको आयोजना गरेको पनि बताउनु भयो । भविष्यमा पनि यस प्रकारको भ्रमणहरुको आदान प्रदान गर्न सके दुई जिल्लाका महिलाहरुको ज्ञान सीपको आदान प्रदानमा मद्दत मिल्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवं महिला उद्यमी उप समितिका संयोजक श्रीया बल्लले पनि महिला उद्यमीहरुको उपलब्धी तथा विकासका सम्बन्धमा आफ्नो बिचार राख्नु भएको थियो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका कार्य समिति सदस्यहरु लगायत महिला उद्यमीहरुकोे पनि सहभागिता रहेको थियो ।













