भक्तपुर चेम्बर अफ कमर्सलाई कदर सम्मान ।
भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट जिल्ला नगर चेम्बरको रुपमा कदर सम्मान प्राप्त गरेको छ । मिति २०७८ चैत्र २७ गते सोल्टी होटलमा सम्पन्न भएको नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारण सभा एवं चेम्बर दिवस २०७८ को उद्घाटन समारोहका अवसरमा भक्तपुर चेम्बर अफ कमर्सले उक्त सम्मान प्राप्त गरेको हो ।
समारोहमा प्रमुख अतिथि सम्माननीय सभामुख श्री अग्नि प्रसाद सापकोटाले भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरलाई दोसल्ला ओढाई कदर पत्र प्रदान गर्नु भएको थियो ।
संस्थागत विकास तथा उद्यमी व्यवसायीहरुको हक हितार्थ चेम्बर गतिविधिहरुलाई विस्तार गर्न प्रशंसनीय भूमिका निर्वाह गर्न सफल भएकोमा भक्तपुर चेम्बर अफ कमर्स सम्मानित भएको भक्तपुर चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत राजु मान बज्राचार्यले जनाएको छ ।















