राष्ट्रियसभा चुनाव १९ मध्ये १८ पदमा गठबन्धनको जीत ।।
राष्ट्रियसभाको रिक्त १९पदका लागि भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । हिजो भएको चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश१ म सोनाम गेल्जेन शेर्पा विजयी हुनुभएको छ । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी हुनुभएको छ । यस्तै नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित हुनुभयो । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह निर्वाचित हुनुभएको छ । यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माका अनुसार निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेकामा दुई हजार सात मत खसेको थियो।आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले रिक्त स्थानका लागि निर्वाचन भएको हो।सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार चुनाव भएको हो । राष्ट्रियसभा सदस्यको निर्वाचनमा महिला, दलित अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूह गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा थिए।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...














