चन्द्रागिरी नपाका प्रतिनिधि भक्तपुर नगरपालिकामा
भक्तपुर । २०७८ पुष १९ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चन्द्रागिरी नगरपालिका वडा नं. १४ का वडाध्यक्ष रामहरि बस्नेतको नेतृत्वमा आउनुभएका चन्द्रागिरी नपा विधायन समितिका भ्रमण टोलीले सोमबार भेट गर्नुभयो ।
भक्तपुर नगरपालिका विधायन समितिबाट भए—गरेका कार्यहरुको अध्ययन अवलोकन गर्ने क्रममा भक्तपुर पुग्नुभएको उक्त टोलीलाई भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले खादा, भादगाउँले टोपी र परम्परागत थैलीबाट संयुक्त रुपमा स्वागत गर्नुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन २०७४ पश्चात भक्तपुर नपाले १० वटा नगरसभा सम्पन्न गरी ४६ वटा ऐन, कानुन, नियमावली तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको अवगत गराउनुभयो ।
सांस्कृतिक नगरको रुपमा ख्याति कमाएको भक्तपुर नपाले यहाँको कला र संस्कृति संरक्षणमा विशेष जोड दिँदै पुरानो सम्पदा क्षेत्रमा मौलिक शैलीमा घर बनाउने नगरबासीहरुलाई घरको मोहडामा लाग्ने इँटा, झिंगटी र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदान प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नपाले २०७२ सालको विनासकारी भूकम्पले क्षति पु¥याएका ११८ वटाभन्दा बढी सम्पदाहरु जनताको आर्थिक सहयोग, जनश्रमदानबाट पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न गरिसकेको जानकारी गराउनुहुँदै सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले कसैको भर नपरेको र उपभोक्ता समितिमार्फत स्थानीय सीप र ज्ञानको प्रयोगमार्फत गर्नुपर्नेमा जोड दिँदै आएको बताउनुभयो ।
कोभिडको समयमा भक्तपुर नपाले स्थापना गरेको आइसोलेसन कन्द्रबाट ४५५ जना कोभिडका बिरामीहरुलाई निःशुल्क उपचार गरेको जानकारी दिनुहुँदै उहाँले भक्तपुर नपाले समाजवादी देशहरुबाट सिक्दै शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिँदै जनताकेन्द्रित गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नपाले भर्खरै भक्तपुर दरबार क्षेत्रको ऐतिहासिक नृत्य वत्सला मन्दिर पुनःनिर्माण सम्पन्न गरेको अवगत गराउनुहुँदै उपभोक्ता समितिको काम नै भक्तपुरको विशेषताको रुपमा रहेको बताउनुभयो ।
भेटकै क्रममा चन्द्रागिरी नपा १४ नं. वडाका वडाध्यक्ष रामहरि बस्नेतले भक्तपुरको सम्पदा क्षेत्रको विषयमा जानकारी लिने उद्देश्यले भक्तपुरको भ्रमणमा आएको बताउनुहुँदै न्यायिक समितिबाट सम्पादित कार्यहरुबारे आफूहरुले पनि सिक्न चाहेको बताउनुभयो । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले अग्रणी स्थान हासिल गरेको बताउनुहु“दै भ्रमणका क्रममा भक्तपुरका पुराना शैलीका घरहरु, सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रको पनि अध्ययन भ्रमण गर्ने योजना रहेको बताउनुभयो ।
भ्रमण टोलीमा चन्द्रगिरी नपाका वडाध्यक्षसहित, नगर सभा सदस्य, न्यायिक समिति संयोजक र सदस्य, कर्मचारी, कानुनी सल्लाहकार, इन्जिनियर तथा न्यायिक सहजकर्तालगायतको उपस्थिति रहेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
2026-10-27 Comments Off on मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक काठमाडौं १०, असोज । नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ...
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
2026-10-27 Comments Off on भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न भक्तपुर, कार्तिक ७। विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित...
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
2026-10-27 Comments Off on खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान भक्तपुर, १०...
नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
2026-10-26 Comments Off on नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
नंखेल जग्गा विवादः अनाधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन भक्तपुर / सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२...
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
2026-10-26 Comments Off on चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामदभक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिकाबाट जुवातास...













