बासु माविका शिक्षकहरुमा एमसीसी बारे चर्चा, सत्ता तिकाउनकै लागि एमसीसी पास गर्न सत्तासिन दलहरु लागेको आरोप

बासु माविका शिक्षकहरुमा एमसीसी बारे चर्चा
सत्ता तिकाउनकै लागि एमसीसी पास गर्न सत्तासिन दलहरु लागेको आरोप
भक्तपुर, पुस १३ गते
सत्ता तिकाउने स्वार्थपूर्तिका लागि मात्रै एमसीसीलाई संसदबाट पास गर्न सत्तासिन दलहरु लागि परेको उल्लेख गर्दै बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले एमसीसी पास गर्ने दल र नेताहरु राष्ट्रघाटी भएको बताएका छन् । बासु मावि र कलेजका शिक्षिकहरुलाई आज प्रशिक्षण दिदै सांसद गोसाईले एमसीसी सम्झौता देश र जनताका लागि हित नहुने भएको उदाहरणहरु प्रस्तुत गर्दै नेपाल र अमेरिका बीच हुनुपर्ने सम्झौतामा भारत र अन्य देशहरुको सहमति लिनुपर्ने कुराले झनै देशको सार्वभौमिकता माथि प्रहार गर्न खोजिएको कुरा प्रष्ट भएको बताउनु भयो ।


कलेजका प्रधानाध्यापक अम्विका न्याईच्याईको सभापतित्वमा आयोजित सो कार्यक्रममा संसद गोसाईले एमसीसीबाट आउने ५५ अर्व रुपियाँ सरकारको लागि ठूलो रकम नभएको बताउँदै यो भन्दा बढी रकम देशका ठूलठूला उद्योगी व्यवसायीबाट कर उठाउन सकिने विचार व्यक्त गर्नु भयो । एमसीसी नेपाल भित्र्याउन १० वर्षे जनयुद्धकालिन नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत लागि परेकोमा खवरदारी गर्दै सांसद गोसाईले ती नेता र वर्तमान प्रधानमन्त्री एउटै मञ्चमा देखिन पनि नाटक जस्तै भएको बताउनु भयो ।
विदेशी सहयोग र अनुदानलाई अहिलेसम्म संसदबाट पास गर्ने प्रावधान नभएको भए पनि एमसीसी सम्झौता सत्ता तिकाई राख्न र विदेशीको आर्सिवाद दिगो बनाउन अग्रसर भएर संसदबाटै पास गर्न सत्तासिन दलहरु लागि पर्नु देशघाटी कदम भएकोले त्यसको विरोध गर्दै आएको सांसद गोसाईले सो अवसरमा जोड दिनु भयो ।
सो कार्यक्रममा भनपा २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले देशको संविधान भन्दा माथि राखेर एमसीसी सम्झौता भयो भने राष्ट्रिघाती हुने भएकाले एमसीसीको विरोध गर्दै आएको बताउनु भयो । वडाध्यक्ष बासुकलाले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त अनुसार नै शिक्षा, स्वस्थ्य, सरसफाई, सम्पदा संरक्षणमा भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको बताउनु भयो । कार्यक्रममा शिक्षक रमेश प्रजापति र पुण्यन्द्र कुसीले पनि बोल्नु भएको थियो ।