देशभर हालसम्म ४३ प्रतिशत नागरिकले लगाएखोप, खोप अभियान प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक भएकोमा जोड ।।
देशभर हालसम्म ४३ प्रतिशत नागरिकले खोप लगाएका छन् । बीचमा कोरोना खोपको अभियान केही सुस्ताएको जस्तो देखिए पनि छठपछि दैनिक लगभग २ लाख मानिसले कोरोना बिरुद्धको खोप लगाइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले बताउनुभयो ।आजसामुदायिक रेडियो प्रसारक संघ अकोराबले ललितपुरमा आयोजना गरेको कोरोनाविरुद्धको खोप र सञ्चारमाध्यमको भूमिका विषयक अन्र्तक्रियात्मक छलफलमा डा. दाहालले अझै पनि खोप लगाउन योग्य उमेर समूहका ४७ लाख नागरिकलाई खोप लगाउन बाँकी रहेको जानकारी दिनुभयो ।धेरैभन्दा धेरै नागरिकलाई खोप अभियानमा जोड्नको लागि प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले आफूहरूले जनप्रतिनिधिसँग चरणचरणमा छलफल गरिरहेको उहाँको भनाइ छ । छलफल कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका नेशनल प्रोफेसनल अफिसर डा।राहुल प्रधानले खोपको आवश्यकता, अफ्ठेरो र सहजताको बारेमा सञ्चारमाध्यमले सूचना सञ्चार गराउनुपर्नेमा जोड दिनुभयो । फेरि पनि कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ फैलन लागेको सन्दर्भमा खोप नै आजको मुख्य आशा भएको डा. राहुलको भनाइ थियो । कार्यक्रममा सञ्चारकर्मीहरूले खोप र भ्रमको बारेमा नयाँनयाँ सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसको लागि सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । पालिकास्तरमा खोप लगाउने विषय नागरिकको पाएकमा नपर्ने भएकाले यसलाई वडा वा टोल तहसम्म पु¥याउनु आवश्यक रहेको अरु पत्रकारहरूको सुझाव थियो । छलफलका क्रममा खोप शाखा प्रमुख डा. दाहालले आफूहरू चैत मसान्तसम्ममा सबैलाई खोप दिने गरी गरिरहेको बताउनुभएको थियो । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्णले खोप अभियानलाई प्रभावकारी बनाउनको लागि ७ सय ५३ ओटै स्थानीय तहलाई आग्रह गरेको र उनीहरूसँग सम्मन्वय गरिरहेको जानकारी दिनुभयो । राष्ट्रिय शिक्षा सुचना तथा केन्द्रका निर्देशक सुनिलराज शर्माले अब खोप लगाउने विषयमा वृहत रुपमा र तल्लो तहसम्ममा पुगेर छलफल चलाउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष अर्जुन गिरीले कोरोनाविरुद्धको खोपको प्रभावकारीता बारे सामुदायिक रेडियोले निरन्तर सूचना प्रवाह गरिरहेको र आगामी दिनमा पनि सरकार अनि सरोकारवाला निकायसँगको सम्मन्वयमा सूचना प्रवाह गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशभर खोप अभियान जारी रहेको भए पनि प्रदेश २ मा सबैभन्दा कम नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । बागमती प्रदेशमा भने सबैभन्दा धेरै नागरिकले खोप लगाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...












