पाँचतले मन्दिरको जन्मोत्सव

२०७७ असार ८ गते, सोमबार

नेपालकै अग्लो भक्तपुरको टौमढीमा अवस्थित ङतापोलँ (पाँचतल्ले) मन्दिरमा झन्डोतोलन कार्य सोमबार सम्पन्न भयो । पाँचतले मन्दिरको जन्मोत्सव वर्षबन्धनको अवसरमा आज सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झन्डा फहराइएको हो । स्थानीय भाषामा यसलाई भूषादान भनिन्छ । २०७२ सालको भूकम्पले मन्दिरको माथिल्लो भागमा क्षति पुगेकोमा हाल भक्तपुर नगरपालिकाले जीर्णोद्धार कार्य अगाडि बढाइरहेको छ । मन्दिरको चौथो तलासम्म छाना छाउने कार्य सम्पन्न भइसकेको छ ।