धरानमा मनाइयो , बायो–इथिक्स दिवस

धरानमा मनाइयो , बायो–इथिक्स दिवस

धरान, कार्तिक २ गते । ‘सूसुचित सहमति’ ९क्ष्लायचmभम ऋयलकभलत० शीर्षकमा विविध कार्यक्रम सहित् सन् २०२१ को बायो–इथिक्स दिवस मनाइएको छ । मानव जीवन, समाज सम्बन्धी चिकित्सा, शिक्षा, शोध लगायत् यावत् क्रियाकलाप र ब्यवहारमा पर्याप्त जानकारी सहित् सचेत भएर कुनैपनि निर्णय, सहमति गर्दा असंगत कुराहरु कम भएर नितिगत र संगत परिणाम ल्याउन सकिन्छ भन्ने नारा सहित् बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको हो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर १९ का दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।

नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भर्चुअल कार्यक्रममा बायोइथिक्सकोे एशिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा. रसेल डिसुजा प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रा.डा. रसेल डिसुजाले यस वर्षको नाराबारे मूलमन्तब्य राख्नुभयो । कार्यक्रममा अतिथिहरु एकाइकी पूर्व प्रमुख प्रा.डा. रुपा राजभण्डारी सिं, नेपाल स्वास्थ्य परिषदका सदस्य सचिब डा. प्रदिप ज्ञवाली तथा वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले यस वर्षको नारा, नेपाल एकाई लगायत् यसको महत्वबारे प्रकाश पार्नुभयो । विद्यार्थी द्वय नवीन अधिकारी र एलिसा श्रेष्ठ कार्यक्रम सञ्चालक रहेको सो सत्रमा बायोइथिक्सको महत्वपूर्ण सिद्धान्त यस वर्षको नाराले मानव व्यवहार ब्यक्तिगत मात्र नभई समाज र राज्यस्तरमै संगत र नितिगत ब्यवहारका लागि आधार तयार हुने धारणा राख्नुभयो । नेपाल इकाइका वर्तमान प्रमुख प्रा.डा. धनरत्न शाक्यको परिचयात्मक स्वागत र सदस्य डा. अशोक ऐर्को धन्यवाद ज्ञापन मन्तब्य रहेको उक्त कार्यक्रममा डा. सुमित शर्मा, डा. प्रशन्न सुवेदी, विद्यार्थी संकायका सशांक भट्टराई र सिबिका मल्लले मन्तब्य ब्यक्त गर्नुभयो । प्रा.डा. धनरत्न शाक्यबाट सञ्चालन भएको अन्तरक्रियात्मक अर्को खण्डमा बक्ताहरु प्रा.डा. संघरत्न बज्राचार्य, प्रा.डा. रविराम श्रेष्ठ, प्रा.डा. तारा शाह, डा. रिता खड्का, डा. सरुण कोइराला, डा. किशोर गुरुङ, डा. सन्दिप शाह, डा. उज्वल गौतम र खेमचन्द्र सुबेदी लगायतबाट स्वास्थ्य, सेवा, नर्सिंग, अनुसन्धान, चिकित्सा शिक्षा, ल्याब, कानून, दन्तचिकित्सा, जनसमुदाय र मानसिकस्वास्थ्य जस्ता विविध कोणहरुबाट विश्लेशन र जानकारीमुलक प्रस्तुति भयो । यस अवसरमा सम्पन्न विविध प्रतियोगिताहरु निबन्ध, पोस्टर, फोटोहरु र कविताको परिणाम पनि घोषणा भयो । फोटो प्रतियोगितामा डा. बोलबम रजक र अपेक्षा उप्रेती; निबन्धमा रिचा कोइराला, बिजया राजभण्डारी, सागर कार्की र सन्देस काफ्ले; कवितामा मानव पन्थी र सुयोग झा तथा आर्ट पोस्टरमा शशांक भट्टराई र रिचा कोइराला पुरस्कृत भए् । नेपालका तर्फबाट सहभागी शशांक भट्टराईको पोस्टरका लागि नेपाल यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा द्वितीय भएकोछ ।
कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्को यस्ता अबसर र कार्यक्रमहरुबाट नियमित र बिस्तारित हँुदैजाने शुभेच्छा राख्नुभयो । उहाँले यस वर्षको नाराले सबैलाई परस्परमा सुसूचित र सहमत हुँदै मानव ब्यवहार नितिसंगत बनाउनको लागि आवश्यक मनन्, चिन्तन, मन्थन गर्न र अभ्यासहरु अबलम्बन गर्न घच्घच्याएको धारणा राख्नुभयो । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएकोछ ।