भक्तपुर, मंसिर २८ गते । गैर समुदायमा आधारित सहकारी संस्थामा बढी भ्रष्टाचार हुने गरेको भन्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले जनताको वचतलाई सहकारी संस्थाले बढी भन्दा बढी उत्पादन र सेवामूलक क्षेत्रमा लगानी गरी वढी भन्दा बढी प्रतिफल दिन सक्नुपर्नेमा जोड दिनु भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको १५ वार्षिक साधारण सभाको आज भक्तपुरमा उद्घाटन गर्नु हुँदै अध्यक्ष विजुक्छेले किसानहरुमाथि भएको शोषण विरुद्ध सहकारी अवधारण समुदायमा विकास भएको उल्लेख गर्नु हुँदै सहकारीले समाजवाद उन्मुख सेवा विस्तार गर्न सकिने बताउनु भयो । समुदायको बचत र लगानी शिक्षा, स्वास्थ्य तथा उत्पादनमूलक र सेवामूलक क्षेत्रमा लगाउन सकिनेमा जोड दिन्दै अध्यक्ष विजुक्छेले भक्तपुरको पर्यटन प्रर्वधनको लागि सहकारीले पनि लगानी गर्न सकिने विचार व्यक्त गर्नु भयो । कम्यूनमा आधारित चीनको समाज विकास र वेलायतको नीति निर्माणको समीक्षा गर्नु हुँदै अध्यक्ष विजुक्छेले नीति निर्माण गर्दा त्यसबाट पार्ने प्रभावको विश्लेषण गरी सरकारले बाटो देखाउन सक्नुपर्नेमा जोड दिनु भयो ।
मेडिकल काउन्सिल, इन्जिनियरिग एशोसियशनमा जस्तै चार्टर एकाउण्डेनमा पनि कमिशन र भ्रष्टाचार मौलाइ रहेको तर्फ ध्यानाकर्षण गराउनु हुँदै सरकारले भित्र भित्रै मेडिकल कलेजहरु खोल्न दिएको, ४० सिट भएको कलेजले १२० विद्यार्थीहरुलाई एमविविएसको पढाई गराउनु गलत भएको भन्दै उहाँले सहकारी नाफामुखि गतिविधिहरुमा केन्द्रीत हुन नहुनेमाा जोड दिनु भयो । अरु देशका सहकारीले भन्दा राम्रो काम गर्न सके देश र जनतालाई पनि सेवा र सहयोग पुग्ने विश्वास व्यक्त गर्नु हुँदै अध्यक्ष विजुक्छेले संघको १५ साधारण सभाको पूर्ण सफलताको कामना गर्नु भयो ।
नेपालको सहकारीको गतिविधी र नीतिनिर्माणमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेको दृष्टिकोण र मार्ग निर्देशन तथा अभिभावकत्व महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल बचत तथा ऋण सहकारी संघ लि.का महासचिव चन्द्रप्रसाद ढकालले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. उत्कृष्ठ संघको रुपमा विकास भई रहेकोमा प्रसंशा गर्नु भयो । सहकारी ऐन २०७४, २०४८को भन्दा विकसित र उपलब्धिमूलक भए पनि संघिय व्यवस्थामा यसको कार्यान्वयनमा चुनौति रहेको औल्याउनु भयो । स्थानीय उत्पादन र बजारीकरणलाई स्थानीय तह, प्रदेश र संघ सरकारले ध्यान दिनुपर्छ भनेभन्दा नीति निर्माण र यसमा भएका त्रुटीहरुलाई प्रष्ट पारि दिनुपर्नेमा जोड दिनु भयो । यसको लाग सामुहिक आवाजको आवश्यकता रहेका भन्दै महासचिव ढकालले सहकारी ऐन अक्षरस कार्यान्वयनको पक्षमा समझदारीको आवश्यकता रहेकोमा जोड दिनु भयो । संघले जिल्लाको सहकारीलाई संरक्षण गर्ने र दीर्धकालिन लक्ष्यप्राप्तिमा दोर्याउन उहाँले आग्रह गर्नु भयो ।

सभापतिको आसन बोल्नु हुँदै संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी ऐनहरुका बेथितिहरुको चर्चा स्थानीय तहहरुले कर लिने हिसावले मात्रै सहकारीलाई उपयोग गरिरहेको बताउनु भयो । उहाँले २०६४ सालमा जारी गरेको १० लाख भन्दा बढीको कारोवार सम्पति सुधिकरण अन्तर्गत देखाउनुपर्ने प्रावधान २०७४ सालमा आएर सम्पति सुधिकरण ऐन लागू गरी अहिलेसम्म आउँदा पनि १० लाखकै सिमा टोक्नु व्यवहारिक नभएको औल्याउनु भयो । २०६४ सालमा एक जना अधिकृतको तलव ११ हजार मात्र भएको अहिले ३३ हजार भन्दा बढी भइ सके जस्तै यसमा पनि संशोधन हुनपर्नेमा जोड दिनु भयो । संघ, प्रदेश र स्थानीय तहका ऐन आपसमा बाझिएकाले सहकारी संस्थाहरु एकिकृत भएर सन्दर्भ व्याज, सामाजिक सुरक्षा कोष कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनु भयो । अध्यक्ष लाखाजुले लोभ लालचमा सामाजिक सुरक्षा कोषमा सदस्य हुन नहुने संकेट देखाएको उल्लेख गर्दै देशको समृद्धिकोलागि सहकारी अनिवार्य हो भने तिन खम्बे अर्थतन्त्रको एक खम्वाको रुपमा विकास गर्न सहकारीका केन्द्रीय बैंकहरु चुपलागेर बस्न नहुनेमा जोड दिनु भयो । सो साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्यि सहकारी बैंकका संचालक सदस्य ज्ञानवहादुर तामाग, जिल्ला बहुउदेश्यीय सहकारी संघ लि.भक्तपुरका अध्यक्ष सानुमान लामा, जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष कृष्णवहादुर घजु, जिल्ला कृषि सहकारी संघ लि.का अध्यक्ष सनिश लागेजू लगायतले सहकारी संस्थामा देखिएका नीतिगत अस्पस्ततालाई प्रस्त पार्न भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले उलेखनीय भूमिका खेलि रहेको उल्लेख गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले १७ वटा सहकारी संस्थाहरु मिलेर जिल्ला संघको अवधारणा विकास गरेको स्मरण गर्नु हुँदै संघ, प्रदेश र स्थानीय तह गरी तीनै सरकारको सहकारी ऐन र नीतिहरु आपसमा बाझिँदा र एक आपसले नमान्दा नेफ्स्कुन, सहकारी बैंक र जिल्ला बचत संघ वीच पनि वितिय प्रतिस्पर्धा देखिएको औल्याउनु भयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ आफ्नै खुट्टामा उभिरहेको भन्दै संस्थापक अध्यक्ष दुमरुले संघले समुदायमा आधारित सदस्य सहकारीहरुलाई समेत तालिम दिएर क्षमतावृद्धि गरी रहनु प्रशंसनीय कार्य भएको बताउनु भयो । निर्वतमान अध्यक्ष राध्येश्याम सुवालले सो अवसरमा बोल्नु हुँदै देश संघियतामा गएसँगै नीतिगत अन्यौलताले संघका सदस्य संस्थाहरुमा पनि अन्यौलता रहेकाले अस्पस्त र बाझिउका नीतिगत व्यवस्था र विनियमहरु संशोधनको आवश्यकता रहेको र यसको लागि संघ लागि रहेको पनि जानकारी दिनु भयोे ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका उपाध्यक्ष हरि बल्लले संघको महत्वपूर्ण गतिविधिहरु बारे प्रकास पार्नु भयो भने संघका सचिव जगनाथ प्रजापतिले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो । संघको आफ्नै भवन बनाउन एक करोड बजेट विनियोजन गरेको भन्दै कोषाध्यक्ष कान्छाभक्त घजुले संघको आर्थिक प्रगति तथा अनुमानित बजेट प्रस्तुत गर्नु भयो । लेखा सुपरिवेशक्षण समितिको रचनात्मक भूमिका संघ सफलताको आधार भन्ने नारालाई आत्मसाथ गर्दै लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले लेखा सुपरिवेशक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
भक्तपुर जिल्लाका १ सय ९७ वटा बचत तथा ऋण सहकारी संस्थाहरु सदस्य रहेको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अन्तरलगानी, सहकारी अभियान र तालिमहरु दिइरहेको छ । यस संघ अाबध संस्थाहरूबाट वार्षिक २३ अर्व भन्दा बढी अार्थिक काराेवार हुँदै अाएकाे छ । संघको १५ औं वार्षिकसाधारण सभाको अवसरमा सभाका प्रमुख अतिथी नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले सो अवसरमा आर्थिक वर्ष २०७५।७६मा संघको कुल व्याज खर्चमा ९.९५ प्रतिशत व्याज प्राप्त गरी बचतमा प्रथम स्थानको योगदान गर्ने संस्थाको रुपमा सिद्धि गणेश वचत तथा ऋण सहकारी संस्था लि. भनपा ७ भक्तपुरलाई संरक्षित पुंजी फिर्ता रु ३९,७९९ सहित प्रशां पत्र वितरण गर्नु भयो यसै गरी ५.८१ प्रतिशत व्याज प्राप्त गरी वचतमा दोस्रो स्थानमा योगदान गर्र्ने सिमल बचत तथा ऋण सहकारी संस्था लि. सूनपा १० भक्तपुरलाई संरक्षित पुंजी फिर्ता रु २३,३१० र ५.२६ प्रतिशत व्याज प्राप्त गरी बचतमा तेस्रो स्थानको योगदान गर्ने उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड मथिनपा ७ भक्तपुरलाई संरक्षित पुंजी फिर्ता रु. २१,०२४ सहित प्रशंसा पत्र वितरण गर्नु भयो भने ऋण व्याज आयमा ८ं२० प्रतिशत योगदान गर्ने संचित बचत तथा ऋण सहकारी संस्था लि.लाई रु. ५३,०२४, दोस्रा स्थानमा ४.९५ प्रतिशत योगदान गर्ने लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि मथिनपा १ भक्तपुरलाई संरक्षित पुंजी फिर्ता रु. ३७,२५३ र तेस्रो स्थानमा ४.८८ प्रतिशत योगदान गर्ने संस्था बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि. सूनपा २ भक्तपुरलाई संरक्षित पुजी फिर्ता रु ३०,०३४ सहित प्रशंसा पत्र वितरण गर्नु भयो । सो अवसरमा अध्यक्ष विजुक्छेले मोबाइल एप्सको पनि उद्घाटन गर्नु भएको थियो ।

















