सामाजिक उतरदायित्वको काम गर्न तत्पर ः इटा व्यवयासी

भक्तपुर । भक्तपुरका इटा उद्योगीहरुले आफूहरु नाफामा मात्रै केन्द्रित नभई सामाजिक उतरदायित्वकाको काम गर्न पनि त्यतिकै तत्पर रहेको बताएका छन् । भक्तपुर इटा उद्योग व्यवसायी संघको शुक्रबार भक्तपुरमा भएको २८ औं वार्षिक साधारण सभा उदघाटन कार्यक्रममा उनीहरुले इटाभटा रहेको गाउँंठाउँंका सडक, पुल, मठमन्दिर, पाटीपौवालगायतका काम पनि आफूहरुले गरिरहेको र भविष्यमा पनि गरिरहने प्रतिवद्धता जनाए ।

साधारणसभाको उदघाटन गर्दै नेपाल क्रान्तिकारी किसान सघका केन्द्रिय उपाध्यक्ष गोविन्द दुवालले सरकारको गतल नीतिका कारण स्वदेशी उद्योगीहरु पलायन हुनु परिरहेको विसाए । स्वदेशी उद्योगधन्दाहरुको प्रबद्धर्नका लागि सरकारले काम गर्न नसकेको भन्दै उनले सरकार यसतर्फ गम्भीर हुनुपर्ने बताए ।
नेपाल इटा उद्योग व्यवसायी संघका महासचिव कृष्णप्रसाद अवालले नेपालमै आत्मनिर्भर रहेको इटा उद्योगहरुलाई सरकारकोतर्फबाट प्रोत्साहन हुनुपर्ने बताए । भक्तपुर इटा उद्योग व्यवसायी संघका संस्थापक अध्यक्ष विश्वराम कवाँंले उद्योगीहरुले सामाजिक उतरदायित्वका काम गरिरहेको र भविष्यमा पनि गरिरहने प्रतिवद्धता जनाए । संघका अध्यक्ष नातिभाई ह्योंवा, उपाध्यक्ष आशाकाजी त्वानाबासु, सचिव आशाराम वैद्य, सल्लाहकारहरु प्रकाशराम जाकिवञ्चार, राजेन्द्रप्रसाद प्रजापतिलगायतले आफूहरु नाफामा मात्रै केन्द्रित नभई समाजको हितमा विभिन्न कामहरुमा पनि उतिकै सक्रिए रहेको दावी गरे । कार्यक्रममा साढे दुई दशकदेखि संघमा कार्यरत कर्मचारी देवेन्द्र नापितलाई सम्मान गरिएको थियो ।
तस्वीरहरु छन् ।