२०७६ मंसीर २० गते शुक्रबार ।
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरबाट सरुवा भइ जानुहुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टकोे विदाई कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाकाको विकास निर्माण, सम्पदा पुनःनिर्माण र सरसफाई लगायतका काम सहज रुपमा सम्पन्न गर्नका लागि प्रजिअ भट्टले गर्नुभएको सहजिकरणको लागि आभार व्यक्त गर्नुभयो ।


२०७२ सालको विनाशकारी भूकम्प पश्चातको विषम परिस्थितिमा प्रशासनबाट सहयोग नभएकोमा गुनासो गर्नुहुँदै उहाँले १९ महिना भक्तपुर जिल्लालाई कर्मठलो बनाई प्रजिअ भट्टले नितान्त जिम्मेवारीपूर्वक काम गर्दै नपाको सकारात्मक विकास निर्माणका प्रयासमा सहयोग गर्नुभएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मौलिक सहर, संस्कृति, विविधतायुक्त संस्कृति, पेशा धर्म र छुटै पहिचान बोकेको भक्तपुरमा सरुवा भएर आउँदा निकै चुनौती अनुभूति गरेको बताउनुहुँदै काम गर्ने सिलसिलामा भक्तपुरबाट ठूलो सिकाइ भोगाई प्राप्त भएको बताउनुभयो ।
नगरपालिकाको नीति तथा योजनाहरु समाजवादी राज्य व्यवस्थाको झल्को दिने खालको भएको बताउनुहुँदै प्रजिअ भटले भक्तपुर नगरपालिकाले पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ विकास निर्माण, मौलिकता कायम गर्नेदेखि सबै क्षेत्रमा व्यवस्थित ढंगले अगाडि बढेको छ भन्नुभयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले सरुवा भई जान लाग्नुभएका प्रजिअ भट्ट सकारात्मक सोच, सहज र सरल तरिकाले सहयोग र काम गर्ने कुशल प्रशासक भई फरक पहिचान बनाउन सफल व्यक्तित्व भएको जानकारी दिनुहुँदै उहाँ आपैm सहभागी भएर भनपाका कार्यक्रमहरुमा सहभागिता देखाउनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमममा वडाध्यक्ष उकेश कवांले प्रजिअ भट्टको कार्यकालमा भक्तपुरका पुराना सम्पदा लगायत निजी आवास पुनःनिर्माणमा भएको समन्वयात्मक सहयोगको अभार व्यक्त गर्नुहुँदै जनप्रतिनिधिहरु र कर्मचारीसँग प्रशासनको राम्रो समन्वय भएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा–९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र प्रशासन प्रमुख दामोदर सुवालले पनि बोल्नुभएको थियो ।
प्रमुख प्रजापतिले प्रजिअ भट्टलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र भादगाउँले कालो टोपी लगाई दिनु भएर विदाई गर्नुभयो ।













