यातु महादेवस्थानम श्रावणे मेलाकालागि विशेष सरसफाई

यातु महादेवस्थानम श्रावणे मेलाकालागि विशेष सरसफाई
भक्तपुर, असार ३१ गते
यातु महादेवस्थानमा श्रावणे मेला भर्न आज विशेष सरसफाई कार्यक्रम अयोजना गरेको छ । स्थानीय भक्तजन तथा नेपाली सेनाका स्वय्मसेवकहरुको उपस्थितिमा मन्दिर परिसर र पोखरी परिसर समेत सरसफाई गरेका हुन । श्रावणे मेला आयोजना गर्न आज सरसफाई कार्यक्रम गरी मेलाको तयारी थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बालाले जनाएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि यातु महादेवस्थानमा श्रावणे मेला हुने अध्यक्ष बालाले जनाएका हुन ।