निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत
भक्तपुर, भाद्र २० गते
निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रसाशन कार्यालय भक्तपुरले विशेष कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा कार्यालय परिसरको सरसफाई गर्दै कार्यालयका उत्कृष्ट कर्माचारीलाई पुरस्कृत समेत गरेको छ । साथै हालै सरुवा भएका कर्मचारीहरुलाई विदाई समेत गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जनाएको छ । प्रजिअ श्रेष्ठका अनुसार दिवसको अवसरमा कार्यालयमा कार्यरत प्रशासकीय अधिकृत अशोककुमार पोखरेल र नायब सुब्बा बिजय प्रसाद धौभडेललाई विदाई गर्नुका साथै आ.ब. २०८०।८१मा उत्कृष्ट कार्य गरेवापत खरिदार श्रीहरीहर काफ्लेलाई नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा पुरस्कृत गरिएको छ । निजामति सेवाको महत्व र यसको गरिमालाई अक्षुण्ण राख्न सबैलाई अनुरोध गदै प्रजिअ श्रेष्ठले दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।


















