१९ मंसिर २०७६
भक्तपुर,
नेपाली काँग्रेस भक्तपुर १ नं क्षेत्रिय कार्यसमितिद्धारा हालै सम्पन्न उप निर्वाचनमा भक्तपुर जिल्ला प्रदेश सभा १ क मा नेपाली काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउनु भएकोमा झौखेलबासीलाई धन्यवाद तथा बधाई ज्ञापन गर्न बिजय ¥यालीको आयोजना गरेको छ ।
मंसिर १४ गते सम्पन्न उप निर्वाचनमा नेपाली काँग्रसका उम्मेदवार कृष्णलाल भँडेल बिजयी हुनु भएकोले आम मतदाताहरु तथा सम्पूर्ण महानुभावहरुलाई धन्यावाद ज्ञापन गर्ने उद्धेश्यले आयोजित बिजय ¥यालीमा राप्रपा संयुक्तका केन्द्रीय सदस्य रबिन्द्र प्रताप शाह, राप्रपा संयुक्तका जिल्ला अध्यक्ष रामशरण लामिछाने, नेपाली काँग्रेसका जिल्ला सदस्यहरु धर्मराज थापा मगर, किरण न्यौपाने, नवराज दाहाल, जिल्ला प्रतिनिधि एवं आमन्त्रित सदस्य कविर राणा, नेपाली काँग्रेस १ नं क्षेत्रिय समितिका सभापति जिबन खत्री, वडा नं २ र ५ का वडाध्यक्षहरु क्रमश शिबहरी के.सी, जयेन्द्र खड्का, नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष सरु बाँनिया, वडा नं २ र ३ का वडा सभापतिहरु क्रमशः राजेश शाही ठकुरी र माधब प्रसाद न्यौपाने, नेपाल तरुणदल चाँगुनारायाण नगरपालिकाका सभापति गोविन्द थापा लगायत क्षेत्रिय प्रतिनिधिहरु, झौखेलका क्रियाशिल सदस्यहरु, शुभचिन्तकहरु लगायत आम जनसमुदायको उल्लेख्य उपस्थिति थियो ।
बाजागाजा सहित झौखेलको लाकिलाबाट शुरु भएको बिजय ¥याली कोल्पाकोट हुदै दाहाल गाँउ, गेलाल गाँउ, न्यौपाने गाँउ, यापी भैरव, ठकुरी टोल, ३ नं वडा कार्यालय, थापाटोल, कार्की टोल, हन्जु टोल हुदै नयाँबस्तीमा पुगी समापन गरिएको थियो ।

आम मतदाताहरु एव जनसमुदायलाई धन्यावादज्ञापन गर्नुहुदै प्रदेश सभा १ क का नव निर्वाचित माननीय कृष्णलाल भँडेलले निष्पक्ष रुपमा प्रदेश क्षेत्रको बिकास निर्माणमा सदैव क्रियाशिल भएर काम गर्ने बताउनुभयो । उहाँले काँग्रेसलाई विश्वास गरी आफ्नो अमूल्य मत दिनुभएकोमा आभार ब्यक्त गर्नुहुदै जनताको विश्वासलाई सदैव कायम राख्ने कुरामा आफु दृढ रहेको बताउनुभयो ।
समापनमा नेपाली काँग्रेस चाँगुनारायाणका नगर सभापति एवं वडा नं २ का वडा अध्यक्ष शिवहरी के.सीले आम मतदातालाई धन्यवाद दिनुहुदै आगामी दिनमा काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै नगरपालिका भित्र बिकास निर्माणका कार्यलाई तिव्रताका साथ अगाडी बढाउने विश्वास दिलाउनु भयो ।
बिजय ¥याली र घरदैलो कार्यक्रम अन्तर्गत भोली मंसिर २० गते शुक्रवारका दिन चाँगु नारायाण नगरपालिका वडा नं ५ छालिङ्गमा वडाध्यक्ष जयेन्द्र खड्काको पिखेल स्थित घरबाट शुरु गरिने कुरा क्षेत्रिय सभापति जिबन खत्रीले जानकारी दिनुभयो ।













