भक्तपुर, मंसिर १९ गते
जनहित बहुउद्देश्य सहकारी संस्थाको १९ औं स्थापना दिवसको अवसरमा विहिबार भक्तपुरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । भक्तपुर नगरपालिका वडा नं ७ का पूर्व वडा अध्यक्ष एवम् सल्लाघारी शपिङ्ग कम्प्लेक्सका अध्यक्ष कृष्ण गोविन्द खाईजुले पानसमा दीप प्रज्वलन गरि उद्घाटन भएको सो कार्यक्रममागरियो । कार्यक्रमका प्रमुख अतिथि खाईजुले जनहित सहकारी कम्प्लेक्समा संस्था स्थापना भएको १ वर्ष पुगि सक्दा कम्प्लेक्सका व्यवसायीहरुलाई संस्थामा आवध गरी बचत तथा ऋण सेवा पु¥याएकोले व्यवसायहरुलाई सहज भएको बताउनु भयो ।
जनहित बहुउद्देश्य संस्था भएकोले सदस्यहरुको लागि दैनिक उपभोग्य बस्तु, घरायसी उपयोगी इलेक्टोनिक सामानहरु सुपथ मुल्यमा खरिद गर्न सल्लाघारी भेगका सदस्यहरु एवम् समुदायलाई सहयोग पुगिरहेको बताउनु भयो । आगामी दिनहरुमा पनि संस्थाले थप सेवा अभिबृद्धि गरि समुदायको चौतर्फी विकास गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाको बजार व्यवस्थापक तथा लेखा अधिकृत विक्रम दुवालले संस्थामा हाल ३९१ जना सदस्यमा आवद्ध भई दुई करोड सत्र लाखको कारोवार भएको वित्तिय प्रगति सहितको जानकारी गराउनु भयो ।

संस्थाका अधिकृत विक्रम राईद्धारा स्वागत मन्तव्यका साथ सञ्चालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष श्री राधेश्याम सुवालले संस्था २०५७ साल मंसिर १९ गते विधिवत दर्ता भई स्वास्थ्य सेवा पु¥याएको स्मरण गराउदै सहकारी व्यवसायमार्फत सदस्यहरुको चौतर्फी विकासको मुख्य उद्देश्यका साथ पुन ः सञ्चालन गरेको जानकारी दिनु भयो । संस्थाले सदस्यहरुको जीवन सुरक्षा तथा भविष्य समृद्धिको लागि बचत गराउने उद्देश्यले बीमा बचत सञ्चालन गरेको जानकारी दिनु दिनु भयो ।













