सापारु पर्व आज विहान देखि सुरु
भक्तपुर,भाद्र ७ गते
नेवार समुदायको मौलिक पर्व सापारु आज विहान देखि सुरु भएको छ । हिजो साँझ तलेजुबाट यस वर्षको सापारु पर्व सुरु गरेपछि आज सर्व साधारण समुदायले सापारु पर्व मनाउने परम्परा रहेको छ । कोरोना संक्रमणको जोखिमका कारण भने आज वर्ष दिनमा दिवंगत भएका परिवारजनलाई औपचारिकता पूरा गरेर मात्रै सापारु पर्व मनाउन सरोकारवाला निकायले अनुरोध गरेका छन् । यसै कारण पनि यस वर्षको सापारुमा घिन्तांघिसि लगायत कुनै पनि नाँच र बाजा गाजा नवजाईकन सां वा ताहा सां मात्र पद्यात्रा गराएर मनाइ रहेका छन् । वर्ष दिनमा के कति मानिसको मृत्यु भयो? त्यसको तथ्यांक संकलन गर्ने उदेश्यले यो पर्व परापुर्व काल देखि चल्दै आएको युवा संस्कृतिकर्मी ओमप्रसाद द्यौभडलले जनाएको छ ।
सापारु पर्वलाई अचेल गाईजात्राको रुपमा देशभर मनाउन थालेका छन् । यो यस पर्वको महत्व र गर्वको विषय पनि हो । यस पर्वलाइ गाईजात्रा नामाकरण गरिए पनि सापारु पर्वकै रुपमा मनाउन सके यस पर्वको महत्व अझै बढ्ने सरोकारवालाहरुको जोड छ । पण्डित हरीशरण शर्माले मौलिक संस्कृति र सभ्यता एवं नामाकरणमा बाह्य हस्तक्षपले पुर्खा देखि मनाउँदै आएको सभ्यताको महत्व र बैज्ञानिक आधारहरु समेत हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । गाई जात्राले हास्य व्यंगको अर्थ जनाउँछ भने सापारुले दिवंगत परिवारका सादस्यकोे मुक्तिको कामना गर्दै श्रद्धाव्यक्त गर्दछन् । संस्कृतिवदहरुले यस विषयलाई गहनरुपमा विश्लेषण गरी यस पर्वको महत्वलाई बुझ्न, बझाउन आवश्यक भएकोमा जोड दिएका हुन ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...













