भनपाका वडा वडामा ग्यास चुल्हो मर्मत तालिम
भक्तपुर, मंसिर १९ गते
भक्तपुर नगरका वडा वडामा ग्यास चुल्हो मर्मत तालिमहरु सञ्चालन भइरहेको छ । दैनिक जीवनमा भान्छामा काम गर्ने जो कोहीलाई ग्यास चुल्हो बारे राम्रो ज्ञान भएन भने आगलागी वा अन्य दुर्घटना हुने, साना तिनो कुरामा पनि जोखिम बढ्ने तथा खर्च बढ्ने समस्याको हल गर्न यो तालिमको महत्व छ । यसैले होला नगरका बासिन्दाहरु बीच ग्यास चुल्हो ममर्त तालिमको माहोल बढेको छ । गत हप्ता भनपा ८ यस हप्ता भनपा ९ र आज र भोली गरी भनपा १०का वडाबासीहरुलाई ग्यास चुल्हो मर्मत तालिम सञ्चालन गरेको हो । वडा कार्यालयको आयोजनामा दुई दिने ग्यास चुल्हो मर्मत तालिम आयोजना भइरहेको हो ।















