प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ
भक्तपुर, असार ९ गते
भक्तपुर प्रहरीले धारिलो हतियार प्रहार गरी ज्यान लिने ३ जनालाई पक्राउ गरेको छ । सोमबार राती १० बजे सामान्य विवाद भई झैझगडा हुँदा धारिलो हतियार चक्कु प्रहार गरी गम्भिर घाईते भएका महोत्तरी मिथिला नगरपालिका वडा नं. ९ घर भई हाल नगरकोटमोड बस्ने २८ वर्षका आकाश रसाईली उपचारकोक्रममा मृत्यु भएपछि सम्बन्धित ३ जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान कार्य गरिरहेकोे भक्तपुर प्रहरीका नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश जवेगुले जनाएको छ । सूचना अधिकारी जवेगुका अनुसार यसरी पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका वडा नं. १३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने वर्ष ३१का आयुश कार्की, झापा दमक नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुर सल्लाधारी बस्ने वर्ष २७का दोर्जे शेर्पा र गुल्मी रुरु क्षेत्र गाउँ पालिका घर भई हाल भक्तपुर सल्लाघारी बस्ने वर्ष ३५का रमेश कुवँर रहेका छन् ।












