भारतीय कदमको विरुद्ध जुम्लामा पनि प्रदर्शन गरीएको छ । नेपाल मजदुर किसान पार्टी जुम्लाले सदरमुकाम खलंगा बजारमा आज प्रदर्शन गरेको हो । भारतले नेपाली भुमी लिपुलेख हुदै चिनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा जुम्लामा पनि प्रदर्शन भएको छ । नेमकिपाको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला प्रशासन हुदै कृष्ण मन्दीरमा पुगी समापन भएको थियो । अपह्रान्न ४ बजे प्रशासन परिक्रमा गरी कृष्ण मन्दीर अगाडी कोण सभा गरी विरोध गरिएको हो ।


लकडाउनको न्युनतम मापदण्डहरुको समेत पालना गरी विरोध गरिएको थियो । विरोध सभामा नेमकिपा जुम्लाका कार्यवहाक अध्यक्ष राजेश्वर देभकोटाले सरकार लम्पसारवादमा पतन हुदै गएको बताएनुभयो । नेमकिपाले भारतिय थिचोमिचोको विरुद्ध सडक र सदन जहाँपनि सरकार र जनतालाई सचेत गराउदै आएको उहाको भनाई थियो । नेपाल क्रान्तीकारी युवा संघ जुम्लाका अध्यक्ष लालबहादुर बुढाले कोरोना कहरसंग विश्व समुदाय लडिरहेका बेला भारतले गरेको हस्तक्षेप विस्तारवादी नितिको नाँगो प्रस्तुती रहेको दावी गर्नुभयो । नेपाली युवाहरुले सरारलाई होसीयार बनाएर भारतको यो कदमको बदला लिने बेला आएको भन्दै उहाँले आव्हान समेत गर्नुभयो । आवाज नेपाल क्रान्तीकारी शिक्षक संघ जुम्लाका अध्यक्ष नरबहादुर घर्तीले लिपु लेखमा निर्माणाधिन सडक बन्द गर्नुमात्रै नभई भारतले मिचेको नेपालको सम्पूर्ण भुमी फिर्ताका लागि नेपाली जनताले एकमतको आवाज उठाउनुपर्ने बेला आएको विचार व्यक्त गर्नुभयो । आवाज नेपाल क्रान्तीकारी विद्यार्थी संघ जुम्लाका सचिव धर्मेन्द्र अधिकारीले देशभक्त युवा विद्यार्थीले देशभरी गरेका विरोध प्रदर्शनहरुको समर्थन गर्नुपर्ने बताउनुभयो । भारतले पटक पटक सिमा मिच्ने क्रम जारी रहेको तर नेपाल सरकारले प्रेस विज्ञप्ती निकाल्ने बाहेक अरु केही गर्न नसकेको बताउनुभयो । विरोध प्रदर्शनमा नेमकिपा चन्दननाथ नगरपालीका क्षेत्रका निश्चित कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।












