चानपा ४मा सर्वाजनिक सुनुवाई, ऐतिहासिक चाँगुनारायण मन्दिरको सुरक्षा चुनौती जाहेर
भक्तपुर, जेष्ठ ११ गते
चाँगुनारायण नगरपालिका वडा नं. ४ मा आज सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्दा ऐतिहासिक चाँगुनारायण मन्दिरको सुरक्षाको चिन्ता जाहेर गरेका छन् । जेनजी आन्दोलन पश्चात सशस्त्र प्रहरीको सुरक्षा टोलीले सुरक्षा पहरा छोडेपछि नेपाल प्रहरी भक्तपुरको १।२ जनाले मात्रै पहरा दिदा सिंगो मन्दिर परिसर सुरक्षित हुन नसक्नेमा चिन्ता जाहेर गरेका थिए । मन्दिरका पूजारी चत्रधरानन्द राजोपाध्यायले सशस्त्र प्रहरीले मन्दिर छोडेपछि मन्दिर परिसरको बत्ति समेत कातिएपछि थप सुरक्षाको जोखिम बढेको भन्दै उहाँले ऐतिहासिक चाँगुनारायण मन्दिरको सुरक्षार्थ वडाकार्यालयको ध्यानाकर्षण गराउनु भयो । सो अवसरमा सहभागि समुदायले आफुहरुलाई वडाबासीको रुपमा वडाले व्यवहार नपाएको वडाको कुनै पनि कार्यक्रमहरु आफ्नो बस्तिमा नआएको चर्चा गर्दै खानेपानी र बाटोकालागि समेत आफूहरु आफैले सहयोग जुताएर जीवनयापन गरिरहनुपर्दा वडा कार्यालयको महत्व नभएको बताए ।
ऐतिहासिक चाँगु मन्दिर जाने भरपर्दो वाटो नबन्दा सो क्षेत्रको पर्यटन विकास ओझेलमा परेको चर्चा गर्दै स्थानीय समुदायले ठेक्का लिएर पनि काम सम्पन्न नगरी ढिलासुस्ति गर्नेलाई कार्वाही गर्न सक्नुपर्नेमा जनप्रतिनिधीहरुको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा सडक मापदण्ड वडाले मानपरिछाड्न लगाएको समेत आरोप लगाएका थिए । साथै बीर अस्पताल निर्माणका नाममा सार्वजनिक जग्गाहरु हड्प्ने गतिविधि बढेकोमा चिन्ता जाहेर गर्दै सार्वजनिक जग्गा अन्य प्रयोगनमा लगाउँदा जात्रा पर्व समेत अवरुद्ध भएको जनाएको थियो । सो अवसरमा स्थानीय जनप्रतिनिधी रोज मोक्तानले जनगुनासोहरुको सुनुवाईको प्रयास गर्दै नगरपालिकाबाट आउने टुक्रा बजेट समस्या रहेको उल्लेख गरेका थिए ।
सो सार्वजनिक सुनुवाई तथा प्रगती समीक्षा कार्यक्रम राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेका हुन केन्द्रका प्रमुख पेसल आचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा सचिव हेमराज ढकालले पनि बोलेका थिए ।
Featured Posts – Style 1
Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न
2026-07-11 Comments Off on Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न
प्रविधिमार्फत नवप्रवर्तन र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ‘Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।...
वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं”
2026-07-09 Comments Off on वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं”
भक्तपुर, असार २४ — वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा समुदायमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको...
पुरानो जगाती पुलको उद्घाटन शनिबार
2026-07-09 Comments Off on पुरानो जगाती पुलको उद्घाटन शनिबार
भक्तपुर, असार २५ – भक्तपुर नगरपालिका–८ स्थित पुनःनिर्माण सम्पन्न पुरानो जगाती पुलको उद्घाटन शनिबार विशेष समारोहका बीच गरिने भएको छ। भक्तपुर नगरपालिका...
उद्यमशीलताको बीउ पु“जी वितरण
2026-07-09 Comments Off on उद्यमशीलताको बीउ पु“जी वितरण
उद्यमशीलताको बीउ पु“जी वितरण२५ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त उद्यमशीलताको निम्ति प्राप्त बीउ पुजीको तेस्रो...
कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर
2026-07-09 Comments Off on कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर
कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर साइकल कने ट भक्तपुरसन् २०२१ मा भक्तपुरका केही साइकल ेमी युवाह को अनौपचारक...














