३७ औं सिद्धिस्मृति दिवसः यो प्रेरणाको श्रोत हो, सदस्य सचिव शर्मा

३७ औं सिद्धिस्मृति दिवसः यो प्रेरणाको श्रोत हो, सदस्य सचिव शर्मा
भक्तपुर, बैशाख १५गते

३७ औं सिद्धि स्मृति दिवसको अवसरमा आज वृहत्त स्वास्थ्य शिविर आयोजना गरेको छ । सिद्धिस्मृति प्रष्ठिान, सिद्धिस्मृति महिला तथा बाल अस्पताल प्राङ्गण भेलुखेल मंगलबार आयोजित स्वास्थ्य शिविरमा ५१ जनाले रक्तदान गरेका थिए भने हाडर्जोनी, नाक, कान, घाटी, मुुटु रोग, प्रेसर सुगर तथा स्त्री रोग सहित विभिन्न रोगहरुको परिक्षणका साथै निःशुल्क औषधी समेत वितरण गरेर ३७ औं सिद्धि स्मृति दिवस मनाएका हुन ।
३७ औं सिद्धि स्मृति दिवसको समाज कल्याण परिषदका सदस्य सचिव सरोजकुमार शार्माले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा शर्माले देशको प्रजातन्त्रिक लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गर्न संघ संस्थाहरुको भूमिका पनि महत्वपुर्ण भएको चर्चा गर्दै सरकारले जनतालाई दिनुपर्ने सहयोग वा सेवा संघसंस्थाले दिनु सह्रायिन कार्य भएको बताउनु भयो । सिद्धिस्मृति अस्पतालको अवलोकन एवं निरिक्षण समेत गर्नु भएका सदस्य सचिव शर्माले राज्यले गर्नुपर्ने काम सिद्धिस्मृति प्रतिष्ठान गरे गरेकोमा प्रशंसा गर्नु भयो । सहयोगि हातहरुको सहयोगबाट अस्पतालको सेवा विस्तार गरेको देखेर उहाँले भन्नु भयो । यो सेवाले दुर दजराजका जनताले पनि सेवा पाएको छ । यसमा गुनोसो गर्नुपर्ने कारण के छ ? यो हरेक नेपालीकालागि प्रेरणाको श्रोत बन्नुपर्छ । एक सवसाधारणले राम्रो उदेश्यकालागि गर्न चाहेमा गर्न सकिन्छ भन्ने प्रेरणाको श्रोतको उदाहरणको रुपमा सिद्धिस्मृति अस्पताल रहेको उल्लेख गर्दै उहाँले यसको सेवा राष्ट्रियस्तरको बनाउनुपर्नेमा जोड दिनु भयो ।


कार्यक्रमको विशेष आतिथ्यताबाट बोल्दै भक्तपुर नगरपालिका वडा नं.७ का वडाध्यक्ष उकेश कवांले सरकारले दिइरहेको स्वास्थ्य सेवा समेत प्रभावकारी नहुँदा जनताले दुःख पाएको गुनासो गर्नुृ भयो । स्वास्थ्य बिमाले जनतालाई स्वास्थ्य उपचार गर्न उत्प्रेरणा दिएकाले अस्पतालमा उपचार गराउनेको संख्या बढेको चर्चा गर्दै उहाँले सरकारी अस्पतालहरुले नै स्वास्थ्यविमा कार्यक्रम स्थगित गर्न थाल्दा जनस्वास्थ्यमा समस्या हुन थालेको बताउनु भयो । सिद्धिस्मृति अस्पतालको स्वास्थ्य सेवाको विकाससँगै स्वर्गीय सिद्धिसुन्दर घोभडेल नाम अमर रहने बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलको सभापतित्वमा आयोजित सो कार्यक्रममा समाज कल्याण परिषदका निर्देशक संजय मल्लिक सहितका अतिथिहरुले सिद्धिस्मृति अस्पतालले महिला तथा बालबालिकाको स्वास्थ्य उपचारकालागि पुर्याइरहेको सेवा सुविधाका बारेमा चर्चा गरेका थिए । सो अवसरमा कोरनाको समयबाट रोकिएको दिवा जेष्ठ नागरिक सेवाको पनि प्रारम्भ भएकोजानकारी दिएको थियो ।
३७ वर्ष अगाडी सडक दुर्घटनाबाट ज्यान गुमाएका सिद्धि सुन्दरको स्मृतिमा अभिभावक श्यामसुन्दर धौभडेलले सामान्य स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य केन्द्रको विकास गर्दै हाल सिद्धिस्मृति महिला तथा बाल रोग विशेषज्ञ अस्पतालको रुपमा विकास गरेको छ । सो अस्पताल निर्माणमा राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोगिहातहरुको अतुलनीय योगदान रहेको चर्चा गर्दै कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर द्यौभडेलले बालबालिकाकाकालागि मात्र अस्पताल बनाउने सोच बनाउँदा बालबालिका उपचारकालागि आउने महिलाहरु उपचारबाट बन्चित हुने देखेपछि महिला तथा बाल अस्पतालको रुपमा विकास गरेको बताउनु भयो । भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हव बनाउन आपसी सेवालाई विशेषिकृत गर्नुपर्नेमा जोड दिदै उहाँले एउटा अस्पतालमा भएको सेवा अरु अस्पतालले खोल्ने भन्दा उपलब्ध नभएको सेवा विस्तार गर्ने र भएको सेवालाई समन्वयात्मक हिसाबले सेवा विस्तार गर्न सक्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

https://www.youtube.com/watch?v=EGNGkZ7WdFI