दसैँका विभिन्न दिनको साइत सार्वजनिक, टीकाको साइत १० बजेर २ मिनेटमा ।

दसैँका विभिन्न दिनको साइत सार्वजनिक, टीकाको साइत १० बजेर २ मिनेटमा ।
यस वर्षको वडा दसैँका टीकाको शुभ साइत असोज २९ गते शुक्रबार विहान १० बजेर २ मिनेटमा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न दिनको साइत सार्वजनिक गरेको छ ।पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज २१ गते बिहीबार बिहान ११ः४६(छयालिस) बजे घटस्थापनाको शुभ साइत रहेको छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । असोज २६ गते मङ्गलबार परेको फूलपातीको लागि भने साइत आवश्यक नपर्ने पनि समितिले जनाएको छ ।