६ वर्षपछि फेरी पलायो तातोपानी कुण्ड ।

६ वर्षपछि फेरी पलायो तातोपानी कुण्ड ।

रसुुवा जिल्लाको प्रसिद्ध तातोपानी कुण्ड पुनः पलाएको छ । भुकम्पले सुकेको तातोपानी कुण्ड ६ वर्षपछि पलाएपछि सर्वसाधारण निकै खुसी भएका छन् । तातोपानी कुण्डमा स्नान गर्नका लागि रसुवाको साथै छिमेकी नुवाकोट, धादिङ, सिन्धुपाल्चोक तथा काठमाडाँै लगायतका स्थानवाट सर्वसाधारण आउने गरेका छन् । यसको संरक्षणका लागि गुरुयोजना कार्यान्वयन गरिनुपर्ने स्थानीयवासीको माग रहेको छ । रसुवाको पश्चिमी भेगमा रहेको आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीस्थित सुकेको तातोपानी पुनः पलाएको हो । गत बर्ष भदौ मध्यतिर थोरै पलाएको तातोपानी माघमा पुनः सुकेको स्थानीय नोर्चेल तामाङले बताउनुभयो । दुई हजार ६ सय ४५ मिटरको उचाईमा रहेको तातोपानीको कुण्डलाई भूकम्पको कम्पनले पु¥याएको क्षति पछि पुनः पहिलेको अवस्थामा फर्किएको हुदाँ पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउछन् । सो कुण्डमा रहेका ६ वटै धारामा पानी आइरहेको स्थानीयको भनाई छ ।